• चितवन रोटरीद्धारा नारायणी नमुना माविमा ल्यापटप हस्तान्तरण


    भरतपुर/सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्ने उदेश्यले रोटरी क्लव अफ चितवनद्धारा भरतपुर स्थित नारायणी नमुना माध्यमिक विद्यालयलाई ल्यापटप हस्तान्तरण गरिएको छ । रोटरी क्लब अफ योक्काईची, नर्थ जापानको सहयोगमा र चितवन रोटरी क्लबको संयोजनामा नारायणी नमुना माध्यमिक विद्यालयलाई तीन थान ल्यापटप हस्तान्तरण गरिएको हो ।
    विद्यालयको शिक्षण पद्धतीमा सहायता पु¥याउने उद्धेश्यले एक कार्यक्रम बीच ल्यापटप हस्तान्तरण गरिएको रोटरी क्लव अफ चितवनका निर्वाचित अध्यक्ष दिपक प्रधानले जानकारी दिनुभयो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर थापालाई ल्यापटप हस्तान्तरण गरिएको थियो । रोटरी क्लव अफ चितवनका अध्यक्ष ज्ञानेन्द्रमान शाक्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिका वार्ड नं–१० का अध्यक्ष अरुण पीडित भण्डारी विशेष अतिथी रहनु भएको थियो ।
    जूम प्रविधिको प्रयोग गरी जापानका क्लबको रोटरीयनहरुको सहभागिता रहेको थियो । क्लबका सह–सचिब गोपाल प्रसाद गैरेले संचालन गर्नुभएको कार्यक्रममा क्लबका पूर्व अध्यक्ष राजु पौडेलले स्वागत मन्तव्य र जापानका रोटरी क्लबका पूर्व अध्यक्ष लेमोझुङ्गाले शुभकामना मन्तव्य राख्नुभएको थियो । प्रमुख अतिथी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर थापाले विद्यालयमा पेपर फ्रि क्लास संचालन गर्ने उद्धेश्य प्राप्तिका लागि प्रदान गरिएको तीन थान कम्प्यूटर(ल्यापटप) कोशेढुङ्गा सावित हुनेमा विश्वस्त भएको वताउँदै सहयोगी संस्थाहरुलाई धन्यवाद र निरन्तरताको लागि अनुरोध गर्नुभयो ।
    रोटरी क्लव अफ चितवनका अध्यक्ष शाक्यले स्वर्थ भन्दा माथि सेवा भन्ने मूलमन्त्रका साथ स्थापना भएको रोटरी क्लबले जापानका क्लबसँग सहकार्य गर्दै विद्यालयमा कम्प्यूटर(ल्यापटप)हस्तान्तरण गर्न पाउँदा खुशी लागेको वताउँदै उक्त कार्यको लागि सहजीकरण गरिदिनुहुने रोटरी क्लव अफ चितवनका पूर्व अध्यक्ष राजु पौडेल, रोटरी क्लब अफ योक्काईची, नर्थ जापानका सदस्य विष्णुप्रसाद घिमिरेलगायत उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा विष्णु प्रसाद पौडेलले दोभाषेको रुपमा सहजिकरण गर्नु भएको थियो । कार्यक्रमा क्लबको तर्फबाट निर्वाचित अध्यक्ष दिपक प्रधान, निर्वतमान अध्यक्ष रोशन पिया, सह–सर्जेन्ट–एट आर्म रो. मनोज वर्नवाल र रोट¥याक्टर शायल पाण्डेलगायतको सहभागिता रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt