• स्पाउस् क्लब अफ आर.सी. चितवनको दर खुवाउने कार्यक्रम सम्पन्न

    भरतपुर/स्पाउस् क्लब अफ आर.सी. चितवनको आयोजनामा नजिकिदै गरेको नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर दर खुवाउने कार्यक्रम सम्पन्न भभएको छ । रोटरी करुणालय तथा थाहा सदावर्त, वृद्धाश्रम, भरतपुर–१, देवघाटमा आयोजित कार्यक्रममा क्लबका अध्यक्ष कविता चुकेले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

    कार्यक्रममा स्पाउस् क्लबका सदस्यहरुले आफैले दर पकाएर रोटरी करुणालयमा आश्रीत वृद्धवृद्धाहरुलाई तिजको दर खुवाइएको थियो । कार्यक्रममा चितवन रोटरी क्लबका अध्यक्ष ज्ञानेन्द्रमान शाक्यले शुभकामना मन्तव्य र रोटरी करुणालयका अध्यक्ष चन्द्रमान श्रेष्ठले वृद्धाश्रमको बारेमा जानकारी गराउनुभएको थियो ।

    त्यस्तै स्पाउस क्लबका उपाध्यक्ष पार्वती खनालले धन्यवाद सहित कार्यक्रमको समापन गर्नुभएको थियो । कार्यक्रम क्लबका सह–सचिब पार्वती बगाले सुबेदीले संचालन गर्नुभएको चितवन रोटरी क्लबका निर्वाचित अध्यक्ष दीपक प्रधानले जानकारी दिनु भयो । कार्यक्रममा वृद्धाश्रमको तर्फबाट प्रशंसापत्र वितरण गरिएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt