• नवनियुक्त प्रदेश मन्त्री सुवेदीलाई गणेशधाममा स्वागत तथा वधाई

    सन्तोष देवकोटा
    भरतपुर/वाग्मती प्रदेशका नवनियुक्त सामाजिक विकास मन्त्री विजय सुवेदीलाई भरतपुर ११ स्थित गणेशधाममा बधाई एवं स्वागत गरिएको छ । गणेशधामका संरक्षक एवं परिकल्पनाकार समेत रहनु भएको नवनियुक्त सामाजिक विकास मन्त्री सुवेदीलाई गणेशधाम संरक्षण संवद्र्धन समितिको आयोजनामा स्वागत एवं सम्मान गरिएको हो । गणेशधाम संरक्षण संवद्र्धन समितिका उपाध्यक्ष वावुराम उपाध्यायले स्वागत मन्तव्य व्यक्त गर्दै गणेशधामको संरक्षक प्रदेशको सामाजिक विकास मन्त्री हुनु आम चितवनवासीकै गौरवको कुरा भएको वताउनु भयो ।
    कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका नवनियुक्त सामाजिक विकास मन्त्री सुवेदीले पद भन्ने कुरा खास अवस्थाको जिम्मेवारी भएको वताउँदै आफु पदमा हुँदा या नहुँदा जुनसुकै अवस्थामा पनि गणेशधामको विकास र प्रवद्र्धनमा ध्यान दिने वताउनु भयो । आफुलाई मन्त्रीको रुपमा नभई गणेशधाको प्रतिनिधिको रुपमा हेरिदिन आग्रह गर्दै सुवेदीले गणेशधामलाई देशकै प्रमुख धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने सपना साकार पार्न सवैको साथ सहयोग र समर्थन आवश्यक रहेको वताउनु भयो ।
    कार्यक्रममा वोल्दै भरतपुर ११ का वडा अध्यक्ष वावुराम अधिकारीले गणेशधाम भरतपुरको गहना भएको वताउँदै यसको संरक्षण र संवद्र्धनमा झनै सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नु भयो । भरतपुर २ का वडाअध्यक्ष पुर्ण बहादुर श्रेष्ठले प्रदेश सरकारको सहयोग विना गणेशधाम निर्माणले पुर्णता नपाउने वताउँदै सहयोग दिलाउने सवालमा नवनियुक्त मन्त्री सुवेदीलाई आवश्यक पहल गरिदिन आग्रह गर्नु भयो ।
    गणेशधाम संरक्षण प्रवद्र्धन समितिका अध्यक्ष दिनेश कुमार चुकेले गणेशधामको परिकल्पनाकार नै प्रदेशको मन्त्री हुँदा गणेशधाम परिवार हर्सित भएको वताउँदै सफल कार्यकालको सुभकामना व्यक्त गर्नु भयो । गणेशधामका अधुरा योजना योजना पुरा गर्न मन्त्री सुवेदी कोशेढुंगा सावित हुनुहुने वताउँदै उहाले आगामी दिनमा गणेशधामको विकासले अप्रत्यसीत फड्को मार्ने अपेक्षा व्यक्त गर्नु भयो ।
    गणेशधाम संरक्षण प्रवद्र्धन समितिका महासचिव रविन्द्र वरालले संचालन गर्नु भएको कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष रामप्रसाद सुवेदी, गणेशधाम संरक्षण प्रवद्र्धन समितिका सचिव सन्तोष पन्त, कोषाध्यक्ष संकर अधिकारी, लेखा समितिका संयोजक नवराज सापकोटा, सचिवालय सदस्य पुस्तक गौतम, केशव थापा निरुलगायतको सहभागिता रहेको थियो । बुधवारमात्रै पदभार ग्रहण गरि चितवन आउनु भएका मन्त्री सुवेदीले बिहीबार विहान गणेशधामको दर्शन समेत गर्नु भएको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt