• भरतपुर रोटरीको स्थापना दिवस र पदस्थापन कार्यक्रम सम्पन्न

    सन्तोष देवकोटा
    भरतपुर/रोटरी क्लव अफ भरतपुरको १९ औं स्थापना दिवस र १८ औं पदस्थापन कार्यक्रम शुक्रबार भरतपुर स्थित रोयल सेन्चुरीमा सम्पन्न भएको छ । रोटरी क्लव अफ भरतपुरका अध्यक्ष राजेन्द्र कुमार पियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रोटरी इन्टरनेशनल ३२९२ नेपाल भुटानका पुर्व डिष्ट्रिक गभर्नर रविन्द्र कुमार पिया प्रमुख अतिथी रहनु भएको थियो ।
    कार्यक्रममा रोटरी क्लव अफ भरतपुरका निवर्तमान अध्यक्ष डा. रेवन्त भट्टराईले वर्ष २०२१/२२ का अध्यक्ष राजेन्द्र कुमार पियालाई आफ्नो पद हस्तान्तरण गर्नु भएको थियो । यसैविच केक काटेर क्लवको स्थापना दिवससमेत मनाईएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी पियाले स्वार्थ भन्दा माथि सेवा भन्ने भावनालाई आत्मसाथ गर्दै मानवीय सेवामा क्रियाशिल हुन आम रोटरीयनहरुलाई आग्रह गर्नु भयो ।
    भरतपुर रोटरी क्लव जिल्लाकै सक्रिय र अग्रणी मध्येको क्लव भएको वताउँदै भरतपुर रोटरी क्लवले गरेका सामाजिक कार्यको प्रशंसा गर्नु भयो । आगामी दिनमा पनि समृद्ध समाज निर्माणको सवालमा भरतपुर रोटरीले महत्वपुर्ण भुमिका खेल्ने विश्वास गर्दै प्रमुख अतिथी पियाले पुरानो कार्यसमितिलाई धन्यवाद र नयाँ कार्यसमितिलाई वधाई तथा शुभकामना व्यक्त गर्नु भयो ।
    कार्यक्रममा रोटरी इन्टरनेशनल ३२९२ नेपाल भुटानका एसिस्टेण्ड गभर्नर शरदगोपाल न्याच्छौं, नारायण प्रधान, रोटरी क्लव अफ भरतपुरका सस्थापक अध्यक्ष डा. तिलचन्द्र भट्टराई, सस्थापक सदस्य एवं पुर्व अध्यक्ष डा. आइ.पि. ढकाललगायतले वोल्नु भएको थियो । रोटरी क्लव अफ भरतपुरका सचिव विमलराज क्षेत्रीले संचालन गर्नु भएको कार्यक्रममा क्लवका निवर्तमान अध्यक्ष डा. रेवन्त भट्टराईले क्लवले गर्दै आएको क्रियाकलाप र क्लवको इतिहासको वारेमा जानकारी गराउनु भएको थियो ।
    रोटरी क्लव अफ भरतपुरका उपाध्यक्ष भुपेन्द्र वस्नेतले स्वागत मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रममा क्लवका सस्थापक अध्यक्ष डा. तिलचन्द्र भट्टराई, सस्थापक सदस्यहरु डा. आइ.पी. ढकाल, डा. टिका पोखरेल, डा. शारदा थपलिया, नेत्रप्रसाद सेन, धन बहादुर श्रेष्ठ, कृष्ण कुमार श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रममा रोटरी क्लव अफ चितवनका अध्यक्ष ज्ञानेन्द्रमान शाक्य, निवर्तमान अध्यक्ष रोशन पियालगायतको सहभागिता रहेको थियो ।
    राजेन्द्र कुमार पियाको अध्यक्षतामा गठित नयाँ कार्यसमितिको उपाध्यक्षमा भुपेन्द्र वस्नेत, निर्वाचित अध्यक्षमा भोला जोशी, मनोनित अध्यक्षमा विवेक श्रेष्ठ, सचिवमा विमल श्रेत्री, सहसचिवमा मधु पोख्रेल, कोषाध्यक्षमा नविन भण्डारी, निर्देशकहरुमा विनोदखण्ड तिमिल्सिना, त्रिलोचन कँडेल, डा. कृष्णसागर शर्मा, शालिग्राम शर्मा, राम बहादुर वस्नेत, प्रतिक्षा कोइराला, सम्पादकमा लोमस श्रेष्ठ रहनु भएको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt