• जन्मदिनको अवसरमा रोटरी क्लव मार्फत सानो घरलाई सहयोग हस्तान्तरण

    सन्तोष देवकोटा
    भरतपुर/रोटरी क्लव अफ चितवनले भरतपुर १२ स्थित सानो घरलाई विविध सहयोग सामाग्री हस्तान्तरण गरेको छ । क्लवका अध्यक्ष ज्ञानेन्द्रमान शाक्यले आफ्नो जन्मदिनको अवसर पारेर सोमबार रोटरी क्लव अफ चितवन मार्फत सो सहयोग सामाग्री हस्तान्तरण गर्नु भएको हो ।
    हाम्रो घरमा हस्तान्तरण गरिएका सम्पुर्ण सामाग्रीहरु नारायणगढ स्थित न्यू लोकमान एण्ड सन्स ज्वेलरीले स्पोन्सर गरेको थियो । सो अवसरमा आलु, प्याज, कुर्चि, वाटा, प्लेट, कुकर, पनियो, कापी, चम्चालगायतका सामाग्री हस्तान्तरण गरिएको न्यू लोकमान एण्ड सन्स ज्वेलरीका प्रोपाईटर निलेनमान शाक्यले जानकारी दिनुभयो ।
    क्लका अध्यक्ष ज्ञानेन्द्रमान शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा क्लवका सचिव गोपाल भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रम क्लवका सहसचिव गोपाल गैरेले संचालन गर्नु भएको थियो । कार्यक्रममा रोटरी क्लव अफ चितवनका निर्वाचित अध्यक्ष दिपक प्रधान, सदस्य रुविन रामुदामु, जनक ढकाललगायतको सहभागिता रहेको थियो ।
    कार्यक्रममा सानो घरकी संचालिका विमला श्रेष्ठले सस्थाको वारेमा जानकारी गराउनु भएको थियो । सोहि कार्यक्रममा सानो घरमा आश्रीत वालवालिकाहरुले जन्मदिनको अवसरमा क्लवका अध्यक्ष शाक्यलेलाई आकर्षक उपहारसमेत हस्तान्तरण गरेका थिए । कार्यक्रममा वोल्दै अध्यक्ष शाक्यले आगामी दिनमा पनि रोटरी मार्फत यस्ता सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt