• जन्मदिनको अवसरमा विद्यालयमा अक्षयकोष स्थापना


    भरतपुर/भरतपुर ६ स्थित सिद्धेश्वर आधारभुत विद्यालयमा मंगलबार अक्षयकोष स्थापना गरिएको छ । यमतीलसीता स्मृति प्रतिष्ठान भरतपुर ६ चितवनका सदस्य आशुतोष मिश्रको १६ औं जन्मदिनको अवसर पारि प्रतिष्ठानले एक औपचारिक कार्यक्रमका विच सो विद्यालयमा अक्षयकोष स्थापना गरेको हो ।
    प्रतिष्ठानका संरक्षक एवं आशुतोष मिश्रका पिता ध्रुवराज मिश्रले उक्त अक्षयकोषको व्याज रकमवाट विद्यालयमा अध्यायनरत अनाथ, असहाय, विपन्न तथा जेहन्दार विद्यार्थीहरुमध्येवाट वार्षिक रुपमा २ जनालाई छात्रवृत्ती प्रदान गरिने जानकारी दिनुभयो ।
    आफ्ना अभिभावक हजुरवुवा यमदग्नि तिवारी, हजुरआमा तिलकुमारी तिवारी र आमा सीता मिश्रको स्मृतिमा वि.सं. २०७० सालमा स्थापना गरिएको उक्त प्रतिष्ठानवाट छैटौ अक्षयकोषको रुपमा सिद्धेश्वर आधारभूत विद्यालयमा ३१ हजार ३१ रुपैयाँ वरावरको अक्षयकोष स्थापना गरिएको हो ।
    प्रतिष्ठानका सल्लाहकार काशिप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिका ६ का वडा सदस्य बावुराम न्यौपाने प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा प्रतिष्ठानका सदस्य विश्वप्रकाश वास्तोला, राजन कुमार श्रेष्ठ, देव आदर्श युवा क्लव देवनगरका पुर्व अध्यक्ष शुजन्यकेश अधिकारी, समाजसेवी मोहन सिंह गुरुङ, वेद प्रसाद लामिछाने, डोलनाथ अधिकारी, धनप्रसाद श्रेष्ठलगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
    कार्यक्रममा प्रतिष्ठानका संरक्षक मिश्र र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार श्रेष्ठले अक्षयकोषको सहमतिपत्रमा हस्ताक्षर गर्नु भएको थियो । कार्यक्रम विद्यालयका प्रधानाध्यापक महेन्द्र प्रसाद खनालले संचालन गर्नु भएको थियो । प्रतिष्ठानले यस अघि लम्जुङको धुसेनी स्थित शौभाग्यसदन मावि, शान्ति मा.वि, चितवनको देवज्योति आधारभूत विद्यालय, अरुणोदय मावि, इन्दपुरी मावि लगायतका विद्यालयमा अक्षयकोष स्थापना गरिसकेको छ ।
    सो अवसरमा राजकुमारी श्रेष्ठले आफ्नी छोरी स्व. कमला श्रेष्ठको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना गर्नको लागी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गर्नु भएको थियो । यसैगरी मोहन सिंह गुरुङले विद्यालयलाई ५ हजार ५ सय ५५ रुपैयाँ चन्दा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । यसैगरी कार्यक्रममा वोल्दै समाजसेवी डोलनाथ अधिकारीले विद्यालयमा अध्यायनरत २ जना विद्यार्थीहरुलाई अभिभावकत्व ग्रहण गरि पढाउने घोषणा गर्नु भयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt