• बाल हेल्पलाईनको संरक्षणमा रहेका वालकहरु हाम्रो घरमा पुनस्थापन


    भरतपुर/राष्ट्रिय बाल अघिकार दिवसको अवसरमा ४ जना बालकहरुलाई हाम्रो घरमा पुनस्थापन गरिएको छ । नारायणगढको विभिन्न स्थानबाट बडा प्रहरी कार्यालय नारायणगढ तथा जिल्ला प्रहरी कार्यालय नवलपरासी (प.सु.पुर्व) ले उद्दार गरि बाल हेल्प लाइन १०९८ मा अल्पकालीन संरक्षण रहेका ति वालकहरु एक औपचारिक कार्यक्रमका विच हाम्रो घरलाई हस्तान्तरण गरिएको हो ।
    तिव वालकहरुलाई भरतपुर महानगरपालिका स्वास्थ्य तथा सामाजिक विकास महाशाखा, महिला वालवालिका तथा जेष्ठ नागरिक शाखाको संयोजन तथा समन्वयमा हाम्रो घर संस्थामा संस्थागत पुर्नस्थापनामा भरतपुर महानगरपालिकाका नगर प्रमुख रेणु दाहालद्वारा बालकहरुलाई एक विषेश कार्यक्रम विच हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा भरतपुर महानगरपालिकाको उपप्रमुख, चितवनका प्रमुख जिल्ला अधिकारी, शैक्षिक महाशाखा प्रमुख, महिला विकास अधिकृत सुशीला वाग्ले, महानगर स्तरीय बाल संजाल अघ्यक्षलगायतको सहभागिता रहेको थियो ।
    दियालो परिवार नारायणगढको तर्फबाट कार्यकारी निर्देशक राज गोविन्द शिल्पकार, निर्देशक÷फोकल पर्सन बाल हेल्प लाइन नेपाल १०९८, तथा हाम्रो घरको उपाध्यक्ष उद्योग कुमार पिया, आमा गंगा सिग्देलको उपस्थिति तथा सहजीकरण, सहकार्य संयोजनमा बालकहरू हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt