• लोककल्याणकारी साकोसको सेवाकेन्द्र विस्तार


    सन्तोष देवकोटा
    भरतपुर/भरतपुर ४ वैद्धिकनगर स्थित लोककल्याणकारी वचत तथा ऋण सहकारी सस्थाले भरतपुर ५ नवदुर्गाचोकमा सेवाकेन्द्र स्थापना गरेको छ । शुक्रबार एक औपचारिक कार्यक्रमका विच प्रमुख अतिथी नेफ्स्कुनका केन्द्रिय लेखा आयोगका संयोजक नवराज सापकोटाले सेवाकेन्द्रको उद्घाटन गर्नु भएको हो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी सापकोटाले सहकारीलाई सदस्य केन्द्रित कार्यक्रम ल्याउन आग्रह गर्नु भयो ।
    चितवन सहकारीको जननी जिल्ला भएको वताउँदै सापकोटाले नेफ्स्कुनले पछिल्लो समय नीति, विधि र प्रविधिमा जोड दिएको वताउनु भयो । सहकारीको क्षेत्रमा चितवनवाट अन्य जिल्लाहरुले सिक्न पाउने गरि नमुना काम गर्न अनुरोध गर्दै उहाले सहकरीको प्रवद्र्धनमा आफु सदैव लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।


    कार्यक्रममा वोल्दै भरतपुर ५ का वडा अध्यक्ष पदमपाणी सुवेदीले उक्त सेवाकेन्द्रले आफ्नो क्षेत्रका स्थानीयहरुलाई आर्थिक उपार्जनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । भरतपुर ४ का वडा अध्यक्ष हरिप्रसाद आचार्यले पछिल्लो समय सहकारी प्रति आम जन समुदायको आकर्षण वढेको वताउँदै सहकारीले पनि सदस्यहरुको मन जित्ने गरि कम गर्नुपर्ने वताउनु भयो ।
    सहकारीका अध्यक्ष नारायण प्रसाद कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नवदुर्गा चोक शाखा प्रमुख ओमकार कँडेलले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । सचिव नारायण प्रसाद कँडेल (शिक्षक) ले संचालन गर्नु भएको कार्यक्रममा जिल्ला वचत तथा ऋण सहकारी संघका पुर्व उपाध्यक्ष प्रेम गैरे, सृष्टि टोल विकास सस्थाका अध्यक्ष श्रीप्रसाद कँडेललगायतले वोल्नु भएको थियो । १६ सय भन्दा वढि सदस्य रहेको उक्त सहकारीको ३० करोड भन्दा वढि पुँजी रहेको वताउँदै लोककल्याणकारी वचत तथा ऋण सहकारी सस्थाका सहसचिव वसन्त न्यौपानेले सेवाकेन्द्र मार्फत शुक्रबार मात्रै ८० जनाले नयाँ सदस्यता लिएको जानकारी दिनुभयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt