• होटल व्यवसायी महासंघको चौंथो पुर्ण बैठक सम्पन्न


    भरतपुर/होटल व्यवसायी महासंघ नेपालको चौथो पूर्ण केन्द्रीय कमिटिको बैठक सुदुरपश्चिम प्रदेशको महेन्द्रनगर स्थित होटल न्यू आनन्दमा सम्पन्न भएको छ । उक्त केन्द्रीय कमिटिको बैठक महासंघका अध्यक्ष हिराध्वज शाहको सभापतित्वमा सञ्चालन गरिएको थियो । बैठकले पर्यटन सेवा केन्द्र बनाउनको लागि भिमदत्त नगरपालिकाले उपलब्ध गराएको जग्गामा पर्यटकीय सूचना केन्द्र तथा पर्यटन प्रवद्र्घनको लागि आवश्यक पूर्वाधार निर्माण गर्न नेपाल पर्यटन वोर्ड, संघीय सरका र प्रदेश सरकार तथा स्थानीय सरकारबाट सहयोग लिएर महासंघले होटल व्यवसायी संघ कञ्चनपुलाई आर्थिक तथा भौतिक सहयोग गर्ने निर्णय गरेको महासंघका वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुकेले जानकारी दिनुभयो ।
    सुदुरपश्चिम भ्रमणको लागि महासंघले आवश्यक प्रचारप्रसार गरेर सो प्रदेशमा पर्यटन प्रवद्र्घन गर्ने र सो कार्यको लागि बैठकले महासंघका पर्यटन सचिव प्रमानन्द भण्डारीलाई १ महिनाभित्र सम्पूर्ण प्रारुपहरुसहित आवश्यक खाका तयार पार्ने जिम्मेवारी दिएको छ । यसैगरी, होटल व्यवसायी महासंघको आगामी साधारणसभा यहि पुष महिना भित्र आयोजना गर्ने निर्णय गर्दै यसका लागि महासंघका वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुकेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ ।
    बैठकले नेपालभरका होटल व्यवसायीहरुको प्रचार प्रसार गर्दै पर्यटन प्रवद्र्घनको लागि नेपाल पर्यटन वोर्ड, संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारसँग समन्वय गरी पर्यटन डायरी २०७८ प्रकाशन गर्ने निर्णय गरेको जानकारी दिँदै महासंघका वरिष्ठ उपाध्यक्ष चुकेले सो कार्यको लागि यस अघि गठन गरिएको महासंघका उपाध्यक्ष केपी शर्मा (कृष्ण पाध्य) संयोजक रहनुभएको ५ सदस्यीय समितिलाई जिम्मा दिने निर्णय भएको वताउनु भयो । आगामी कार्ययोजनाको सम्बन्धमा होटल व्यवसायी महासंघ नेपालको संगठन विस्तारको लागि ७ वटै प्रदेशहरुलाई समेट्ने गरी कार्ययोजना बनाउन महासंघका वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुकेलाई संयोजकको जिम्मेवारी दिने उक्त बैठकले निर्णय गरेको छ ।
    सो बैठकमा महासंघका अध्यक्ष हिराध्वज शाह, निवर्तमान अध्यक्ष अमृत भुजेल, वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुके, उपाध्यक्षहरु क्रमशः केपी शर्मा (कृष्ण पाध्य) र मिनादेवी गौतम, महासचिव बिरमन्जन बटाला, उपमासचिव शेर बहादुर थापा (शेरु), सचिवहरु क्रमशः प्रमानन्द भण्डारी, गणेश खड्का, टि.आर. भण्डारी (शंकर) तथा राजु अधिकारी, सहकोषाध्यक्ष मोदनाथ बेलबासे र सचिवालय सदस्य युवराज भण्डारी तथा केन्द्रीय सदस्यहरुको सहभागिता रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt