• चितवन रोटरीको पदस्थापन कार्यक्रम सम्पन्न


    सन्तोष देवकोटा
    भरतपुर/रोटरी क्लव अफ चितवनको ३० औं पदस्थापन कार्यक्रम सोमबार भरतपुर स्थित भरतपुर गाडेर्न रिसोर्टमा सम्पन्न भएको छ । रोटरी क्लव अफ चितवनका अध्यक्ष ज्ञानेन्द्र मान शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रोटरी क्लव अफ चितवनका पुर्व अध्यक्ष एवं रोटरी इन्टरनेशनल ३२९२ नेपाल भुटानका पुर्व डिष्ट्रिक गभर्नर रविन्द्र कुमार पिया प्रमुख अतिथी रहनु भएको थियो ।
    कार्यक्रममा रोटरी क्लव अफ चितवनका निवर्तमान अध्यक्ष रोशन पियाले क्लवका पुर्व अध्यक्षहरुको रोहवरमा वर्ष २०२१/२२ का अध्यक्ष ज्ञानेन्द्रमान शाक्यलाई आफ्नो पद हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी पियाले स्वार्थ भन्दा माथि सेवा भन्ने भावनालाई आत्मसाथ गर्दै रोटरीले गर्ने सहयोगमा कुनै प्रकारको स्वार्थ हुन नहुने वताउनु भयो । समाज रुपान्तरणमा रोटरीयनहरुको भूमिका महत्वपुर्ण रहिआएको वताउँदै उहाले मानवीय सेवामा क्रियाशिल हुन आम रोटरीयनहरुलाई आग्रह गर्नु भयो ।
    रोटरी क्लव अफ चितवन जिल्लाकै सक्रिय र अग्रणी क्लव भएको वताउँदै प्रमुख अतिथी पियाले रोटरी क्लव अफ चितवनले गरेको सामाजिक कार्यको प्रशंसा गर्नु भयो । प्रमुख अतिथी पियाले पुरानो कार्यसमितिलाई धन्यवाद र नयाँ कार्यसमितिलाई वधाई तथा शुभकामना व्यक्त गर्नु भयो । कार्यक्रममा रोटरी इन्टरनेशनल ३२९२ नेपाल भुटानका एसिस्टेण्ड गभर्नर शरदगोपाल न्याच्छौं, नारायण प्रधान, रोटरी क्लव अफ चितवनका निवर्तमान अध्यक्ष रोशन पियालगायतले वोल्नु भएको थियो ।
    रोटरी क्लव अफ चितवनका सचिव गोपाल भट्टराईले संचालन गर्नु भएको कार्यक्रममा क्लवका प्रथम उपाध्यक्ष भानु शर्माले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमका क्लवका निवर्तमान अध्यक्ष रोशन पियाले आफ्नो कार्यकालमा भएका विभिन्न कार्यक्रमहरुको वारेमा जानकारी गराउँदै सहयोग गर्ने सम्पुर्णमा धन्यवाद ज्ञापन गर्नु भएको थियो भने वर्तमान अध्यक्ष ज्ञानेन्द्रमान शाक्यले आगामी योजनाको वारेमा जानकारी गराउँदै समाजिक कार्यमा सक्रिय रहने प्रतिवद्धता जनाउनु भएको थियो ।
    ज्ञानेन्द्रमान शाक्यको अध्यक्षतामा गठित नयाँ कार्यसमितिको निर्वाचित अध्यक्षमा दिपक प्रधान, मनोनित अध्यक्षमा चण्डेश्वर भट्टराई, प्रथम उपाध्यक्षमा भानु शर्मा, द्धितीय उपाध्यक्षमा डा. कृष्ण प्रसाद पौडेल, तृतीय उपाध्यक्षमा पुर्णीमा श्रेष्ठ, सचिवमा गोपाल भट्टराई, सहसचिवमा गोपाल गैरे, कोषाध्यक्षमा संग्रिला पिया श्रेष्ठ चयन हुनु भएको छ । कार्यक्रमका रोटरी क्लव अफ भरतपुरका अध्यक्ष राजेन्द्र कुमार पिया, रोटरी क्लव अफ नारायणगढका अध्यक्ष अरुण कुमार खनाल, रोटरी क्लव अफ चितवनका पुर्व अध्यक्ष, पदाधिकारीहरु एवं सदस्यहरुको उपस्थिती रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt