भरतपुर/मानव अधिकार तथा शान्ति समाज चितबन शाखाको आयोजनामा अन्तर्राष्ट्रिय शान्ति दिबस २१ सेप्टेम्बर का अबसरमा मंगलबार चौबिसकोठिमा प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । आणबिक अस्त्ररहित बिश्वका लागि आणबिक अस्त्र निषेध सन्धि शिघ्र अनुमोदन गर भन्ने ब्यानर र प्ले कार्ड सहित बिहान ७ः३० बजे देखि ८ः०० बजे सम्म प्रदर्शन गरिएको हो ।
शाखा सभापति शम्भु राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज वाग्मती प्रदशे सचिव बावुहरी आचार्य विशेष अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै विशेष अतिथी आचार्यले समाजको अबधारणा पत्र वाचन सहित उपस्थिति सबैलाई धन्यवाद र आभार सहित समापनको घोषणा गर्नु भएको थियो ।
सो अबसरमा नेपाली काँग्रेस चितवनका सचिव उत्तम जोशी, समाजका आजिबन सदस्य एबं नेका चितबनका कोषाध्यक्ष शंकर कँडेल, प्रकाश अधिकारी, पूर्ब सभापति अनन्त ढुगाना, नेपाल शिक्षक संघ चितबनका पूर्ब अध्यक्ष धुब्रराज पोख्रेल, समाजका केन्द्रिय सदस्य माधब गौतम, शाखाका पदाधिकारी तथा सदस्यहरु आजिवन सदस्य तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु उपस्थित रहनुभएको थियो ।
सो अवसरमा आणबिक अस्त्रको होडबाजिमा लागेका राष्ट्रहरु अमेरिका, रुस, चिन, उतर कोरिया, बेलायत, फ्रान्स, भारत, पाकिस्तान, इजरायल, नेपाल लगायतका राष्ट्रलाई आणबिक अस्त्र बिरुद्दको सन्धि शिघ्र अनुमोदन गर्न आग्रह गरिएको थियो ।