• भ्रष्टाचार आरोपमा छानबिनको माग


    भरतपुर/भरतपुर २१ मा अख्तियारले छापा मारेको विषयमा विवेकशिल साझा पार्टीका केन्द्रिय सदस्य भुपेन्द्रराज वस्नेतले छानविनको माग गर्नु भएको छ । वडाअध्यक्षवाट गलत काम हुनेमा सोच्न पनि नसकिने वताउँदै विज्ञप्तिमा अख्तियारको पत्र र समाचारले आफुलाई चिन्तित वनाएको जनाईएको छ । वडा अध्यक्षको सम्मानका लागि पनि छानबिन र सफाई पाउनु जरुरी रहेको वताउँदै विज्ञप्तिमा अख्तियारले अनुसन्धान प्रकृया अगाडि बढाएको अवस्थामा सहज बातावरणको सिर्जना गर्न आग्रह गरिएको छ ।
    पार्दर्शिता, पद्दति, जनसहभागीता होस, बिकास निर्माणामा भ्रष्टाचारको गन्ध पनि नआओस् भन्ने अहिलेको जनचाहना रहेको वताउँदै वस्नेतले एउटा सानो टोलको सडक निर्माणमा यस्तो हुन सक्ने सम्भावना रहेछ भने वडामा बनेको खानेपानी, सपिङ कम्प्लेक्स, स्वास्थ्य्य् चौकी, पोखरी र सडक निर्माणामा भ्रस्टाचार हुन सक्ने रहेछ भन्ने वडाबासीलाई शंका बड्नु स्वाभाबिक भएको वताउनु भयो ।
    सुन्य भ्रस्टाचार र सूशासन आजको आवश्यकता भएको वताउँदै उहाले यसरी अख्तियारको पत्र सहित अनुसन्धान भैरहेको बिषयमा राजनैतिक दल तथा वडा कार्यालयले बक्तब्य निकालेर भ्रस्टाचार भएको छैन भन्नु, अख्तियार जस्ता सँस्थाको औचित्य माथिको प्रश्न चिन्ह भएको वताउनु भयो ।
    प्रारम्भिक चरणकै अनुसन्धान पछी अध्यक्षको जिम्मेवारीबाट अलग रहेर वडा सदस्यलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिनु राम्रो पक्ष भएको वताउँदै विज्ञप्तिमा स्वतन्त्र स्वच्छ र निस्पक्ष अनुसन्धान भई दोषी ठहरिएमा कार्वाही र कुनै ब्यक्ति वा समूहले आफ्नो उदेश्य पुरा गर्नका लागि सामाजिक तथा राजनीतिक ब्यक्तित्वको चरित्रमा आँच आउने कार्य गरेका हुन भने, संलग्न माथि कार्वाहीको माग गरिएको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt