• वरिष्ठ समाजसेवी चेतनाथ कुँवर जनसेवाश्री पदकबाट विभूषित


    भरतपुर/विगत लामो समय देखि अहोरात्र समाजसेवामा समर्पित वरिष्ठ समाजसेवी चेतनाथ कुँवर नेपाल सरकार, सम्माननीय राष्ट्रपतिबाट २०७८ असोज ३ गते संविधान दिवसको दिन जनसेवाश्री पदकबाट बिभूषित हुनुभएको छ । श्री भवानी बिद्यापिठ उच्च माध्यमिक बिद्यालयको पूर्व प्रधानाध्यापक, श्री गहते अम्बोट आधारभूत बिद्यालयको संस्थापक एवं वर्तमान अध्यक्ष, श्री सामूदायिक अध्ययन केन्द्रको अध्यक्ष, शान्ती समिति मुडिकुवाको संयोजक, नेपाल निवृत शिक्षक समाज पर्वतको सल्लाहकार लगायत दर्जनौ सामाजिक संस्थाको नेतृत्व सम्हाल्दै, शैक्षिक क्षेत्रमा ४ दशक लामो उच्च योगदान पु¥याउनु भएका कुँवरलाई सो पदक प्रदान गरिएको हो ।
    यो बिभुषणले स्वार्थरहित तवरबाट सेवामा सर्मपण हुन अझै प्रेरणा मिलेको वताउँदै सम्मानित कुँवरले वाँकी जिवन सामाजिक क्षेत्रमै क्रियाशिल रहने वताउनु भयो । सामाजिक लगाव र समर्पणको उच्चतम मूल्यांकन र कदर गर्दै सम्माननीय राष्ट्रपतिबाट संविधान दिवसको अवसरमा जनसेवाश्री पदकबाट बिभूषित कुँवरले सामाजिक काम गर्दा आत्मासम्मान मिल्ने गरेको वताउँदै उहाले विना स्वार्थ गरिएको समाजसेवाले समाज रुपान्तरणमा उल्लेखनीय योगदान पु¥याउने वताउनु भयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt