• सापकोटाद्धारा प्रदेश अधिवेशन प्रतिनिधिमा उमेद्वारी घोषणा


    भरतपुर/भरतपुर ४ निवासी रघुनाथ सापकोटाले नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा आफ्नो उमेद्वारी घोषणा गर्नु भएको छ । सापकोटाले नेपाली काँग्रे चितवन क्षेत्र नं. २ ख वागमती प्रदेश अधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गर्नु भएको हो ।
    नगरप्रदिप युवा क्लबको अध्यक्ष, धारापानी टोल बिकास भरतपुर –४ को सस्थापक अध्यक्ष, धारापानी सामुहिक बचत तथा ऋृण सहकारी सस्थाको सस्थापक अध्यक्ष, भएर काम गरिसक्नु भएका सापकोटासंग सहिद स्मृति कलेज नेबिसंघको सदस्य, तत्कालीन भरतपुर –५ (प्रतिबन्धित कालमा) नेपालि काग्रेसको सस्थापक सचिब, नेपाली कागेस चितवनको सह सचिब भई जिल्ला नेतृत्वमा रहेर काम गरेको अनुभव छ ।
    यसैगरी सापकोटाले ०४६ सालको आन्दोलनमा १९ दिन प्रहरी हिरासतमा बसेको, पार्टीको सम्पूर्ण आन्दोलनमा सकृय सहभागिता जनाएको, बिगत १२ बर्ष देखि भरतपुर सामुदायिक हस्पिटलमा रहेर स्वास्थ्य क्षेत्रमा अनुभव आर्जन गर्नु भएको छ ।
    हाल निजी अस्पताल समन्वय समिति चितवनको सदस्य समेत रहनु भएका सापकोटाले काँग्रेसको आगामी महाधिवेशनमा चितवन क्षेत्र नं २ ख बाट बाग्मती प्रदेशको प्रतिनिधि (खुला) को लागि आफ्नो उम्मेदवारी प्रस्तुत गरेसंगै उहाँको विजय निश्चित भएको आम काँग्रेसजनमा चर्चा हुने गरेको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt