खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनद्धारा बजार अनुगमन तीब्र


भरतपुर/नेपालीहरुको मुख्य चाडपर्व नजिकिएसंगै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले बजार अनुगमनलाई तीब्र बनाएको छ । दशैं, तिहार लगायतका चाडवाड नजिकिएसंगै बजारमा हुने गरेको अनियमितता नियन्त्रण गर्न कार्यालयले बजार अनुगमनलाई तीब्र वनाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारीले जानकारी दिनु भयो ।
विशेषगरि चाडवाडको समयमा बजारमा कालोवजारी र अखाद्य वस्तुको प्रयोग वढि हुने गरेको भनि गुनासो आएपछि अनुगमनलाई तीब्र बनाईएको जानकारी दिँदै उहाले अनुगमनको क्रममा समस्या देखिए पहिलो चरणमा सम्झाउने र गल्ति नदोहो¥याउने प्रतिवद्धता गर्न लगाउने जानकारी दिनुभयो । समय समयमा अनुगमन गरिने जानकारी दिँदै उहाले दोस्रो पटक पनि गल्ति फेला परे कारवाहिको दायरामा ल्याउने वताउनु भयो ।
कार्यालयले बिहीबार भरतपुर अस्पताल क्षेत्रका होटलहरुको अनुगमन गरेको छ । सो क्रममा भरतपुर अस्पताल परिसरमा संचालित अस्पतालको क्यान्टिनमा खाद्य स्वच्छता र सरसफाईको अवस्थामा सुधार आएको भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय चितवनका खाद्य निरिक्षक प्रदिप काफ्लेले जानकारी दिनुभयो । अस्पताल परिसरमा संचालित होटलको अवस्था सन्तोषजनक छ काफ्लेले भन्नु भयो ।
सोहि अवसरमा भतरपुर अस्पताल भन्दा अगाडी प्रहरी कार्यालयको भवनमा रहेको होटलहरुको पनि अनुगमन गरिएको छ । ति होटलहरुमा प्रयाप्त ठाउँको अभावमा खाद्य स्वच्छताको हिसावले खाद्य वस्तुको व्यवस्थापनमा समस्या देखिएको अनुगमन टोलीमा सहभागि उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका उपाध्यक्ष विष्णु प्रसाद भुषालले जानकारी दिनुभयो । वाहिर सडक छेउमै किचन रहेकोले सडकको धुलोको कारण खाद्यवस्तु खानयोग्य नपाईएको जानकारी दिँदै भुषालले ति होटलहरुले खाद्य स्वच्छतामा ध्यान दिनुपर्ने वताउनु भयो ।
कार्यालयका प्रमुख अधिकारीले ति होटल व्यवसायी र ठाउँ भाडामा लगाउने पक्षलाई कार्यालयमै वोलाएर छलफल गरि समस्याको समाधान खोजिने जानकारी दिनुभयो । यसैगरी चाडवाडको समयमा हुन सक्ने कालोवजारी र अखाद्य वस्तुको प्रयोग नियन्त्रण गर्न अनुगमनलाई तीब्रता दिने अधिकारीले जानकारी दिनुभयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार