• ठिमुरामा निःशुल्क आँखा जाँच शिविर


    भरतपुर/नेपाल नेत्र ज्योति संघ, भरतपुर आँखा अस्पतालको आयोजना तथा भरतपुर महानगरपालिका १ नं. वडा कार्यलय, राईनो क्लब नारायणगढ र ठिमुरा टोल बिकास संस्थाको सह आयोजनामा ठिमुरा स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवनमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । उक्त शिविरमा महिला, पुरूष र बालबालिकाहरू गरेर जम्मा ११७ जनाले आँखाको परिक्षण गरिएको थियो ।
    शिविरमा आँखा जाँच गरिएका मध्ये दश जनामा मोतिबिन्दुको समस्या रहेको र निजहरूलाई यातायात खर्च सहित भरतपुर आँखा अस्पतालमा लगेर निःशुल्क शल्यकृया गरिने क्लबका अध्यक्ष भरतकुमार श्रेष्ठले बताउनु भयो । शिविरमा नेपाल नेत्र ज्योति संघ भरतपुर आँखा अस्पतालका आठ जना नेत्र बिशेषज्ञहरूद्धारा बिरामीहरूको आँखा जाँच गरिएको थियो भने आवश्यकता अनुसार आँखाको औषधि र चश्मा निःशुल्क बितरण गरिएको भरतपुर आँखा अस्पतालका सहायक ब्यवस्थापक छायाँ श्रेष्ठले जानकारी दिनुभयो ।
    राईनो क्लब नारायणगढका अध्यक्ष भरतकुमार श्रेष्ठको अध्यक्षतामा संचालन गरिएको निःशुल्क आँखा जाँच शिविरमा क्लबका पूर्ब अध्यक्षहरू निरञ्जन प्रधान, माला श्रेष्ठ, उपाध्यक्ष महेन्द्र वाग्ले, सदस्यहरू उत्तम जोशी, अर्जुन श्रेष्ठ, ईश्वर जोशी र ईन्दु राजभण्डारी श्रेष्ठको उपस्थिति रहेको थियो । कार्यक्रम क्लबका सचिब छायाँ श्रेष्ठको संयोजकत्वमा सम्पन्न भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt