• दालमोठ उत्पादकलाई खाद्य स्वच्छता तथा गुणस्तर अभिवृद्धि गोष्ठि


    भरतपुर/खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनको आयोजनामा एक दिने खाद्य स्वच्छता तथा गुणस्तर अभिवृद्धि सम्वन्धि गोष्ठि सम्पन्न भएको छ । कार्यालयले शुक्रबार शिवघाट स्थित प्रिन्स भिलेज रिर्सोटमा जिल्ला स्थित दालमोठ उत्पादक उद्योगीहरुको लागि सो गोष्ठि आयोजना गरेको हो ।
    खाद्य पदार्थमा स्वच्छता, हामी सवैको प्रतिवद्धता भन्ने मुल नाराका साथ आयोजित उक्त तालिम मुलक गोष्ठिमा जिल्ला स्थित २२ जना दालमोठ उत्पादक उद्योगीहरुको सहभागिता रहेको थियो । तालिममा प्रशिक्षण दिँदै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारीले दालमोठ उत्पादक उद्योगीहरुलाई गुणस्तरीय उत्पादनमा जोड दिनु पर्ने वताउनु भयो ।
    दालमोठ जनुसुकै उमेर समुहका उपभोक्ताहरुले पनि प्रयोग गर्ने खाद्य वस्तु भएको हुँदा गुणस्तरीय उत्पादन हुन नसके आम उपभोक्ताको मानव स्वास्थ्यमा गम्भिर असर पर्ने भएकाले खाद्य स्वच्छता र गुणस्तरमा विशेष ध्यान दिनु आवश्यक रहेकोमा अधिकारीले जोड दिनु भयो ।
    कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका खाद्य निरिक्षक प्रदिप काफ्लेले दालमोठ उत्पानमा ध्यान दिनुपर्ने वताउँदै खाद्य स्वच्छताको वारेमा जानकारी गराउनु भएको थियो । उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखेर खाद्य उत्पान गर्न नसके कुनै पनि उद्योग तथा व्यवसाय सफल नहुने खाद्य निरिक्षक काफ्लेको भनाई थियो ।
    यसैगरी तालिमको समापन कार्यक्रममा वोल्दै उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका उपाध्यक्ष विष्णु भुषालले कुनै पनि खाद्यवस्तु उत्पादनमा उपभोक्ताको अधिकार पनि जोडिएको वताउँदै उक्त एक दिने खाद्य स्वच्छता तथा गुणस्तर अभिवृद्धि तालिमले दालमोठको गुणस्तरमा सकारात्मक प्रभाव पर्ने अपेक्षा व्यक्त गर्नु भयो ।
    सहभागिको तर्फवाट कार्यक्रममा वोल्दै महाकाली फुड प्रोडक्ट प्रा.लि.का संचालक गौरव खतिवडाले तालिमले सहभागिहरुलाई खाद्य स्वच्छताको वारेमा धेरै ज्ञान दिएको वताउनु भयो । उक्त एक दिने तालिम प्रयाप्त नभएको वताउँदै खतिवडाले आगामी दिनमा पनि यस्ता तालिमको अपेक्षा गर्नु भयो । तालिमको कारणले आगामी दिनमा गुणस्तरीय उत्पादन थप टेवा पुग्ने उहाँको विश्वास रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt