• कालिकामा सगुन बहुउदेश्यीय सहकारीको उद्घाटन


    भरतपुर/चितवन स्थित कालिका नगरपालिका वडा न ७ सगुनटोलमा शनिबार एक कार्यक्रमका विच सगुन बहुउद्देश्यीय सहकारी सस्था लिको उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले सहकारीको उद्घाटन गर्नु भएको हो ।
    उद्घाटन कार्यक्रममा वोल्दै प्रमुख अतिथी श्रेष्ठले उक्त सहकारीले स्थानीय जनतालाई वचत गर्ने वानिको विकास गरि आर्थिक रुपमा सवल वनाउन सहयोगी बन्ने वताउनु भयो । कार्यक्रममा विशेष अतिथी कालिका ७ का अध्यक्ष डिल्लीराम दवाडी, वडा न ३ का वडा अध्यक्ष टिकाराज रिजाललगायतले वोल्नु भएको थियो ।
    कार्यक्रममा जेष्ठ नागरिक द्धय पियारी भण्डारी र क्षेत्र बहादुर भण्डारीलाई सम्मान गरिएको थियो । कार्यक्रममा सहकारीका सचिव सचीव सुबाश श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै सस्थाको उदेश्यमाथि प्रकाश पार्नु भएको थियो । सहकारीका अध्यक्ष बल बहादुर मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रम कालिका ७ का वडा सदस्य उमाकान्त सापकोटाले संचालन गर्नु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt