मुक्तकः छैन

बालकृष्ण खनाल
यो कंक्रिटको शहरमा बंगला छन् गाडी छन् तर मान्छेहरूको मन छैन
डिस्को र बारमा खर्चिने पैसा छन् तर ढोका उभिने जोगीलाई धन छैन ।
झन् बालक देखि बृद्धसम्म पवजी र टिकटकमा रमाउन थाले देखि त
ककटेल भएको छ धर्म संस्कृतिमा पनि कतै केही मौलिक पन छैन ।