• लायन्स क्लवको रक्तदान र स्कुल बेन्च हस्तान्तरण

    सन्तोष देवकोटा
    भरतपुर/लायन्स क्लव अफ वैद्धिकनगरको १० औं वार्षिकोत्सवको अवसरमा मंगलबार भरतपुर ४ स्थित ग्लोवलचोकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लव अफ भरतपुर कालिका, लायन्स क्लव अफ वैद्धिकनगर चिसापानी, लायन्स क्लव अफ चितवन हेल्पिङ ह्याण्स, लियो क्लव अफ वैद्धिकनगरको आयोजनामा भएको उक्त रक्तदान कार्यक्रममा लायन्स क्लव अफ वैद्धिकनगरका सस्थापक अध्यक्ष नारायण सापकोटा प्रमुख अतिथी रहनु भएको थियो । लायन्स क्लव अफ वैद्धिकनगरका अध्यक्ष विजय सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा ७ जना महिला सहित ३८ जनाले रक्तदान गरेका लायन्स क्लव अफ चितवन हेल्पिङ ह्याण्सका अध्यक्ष प्रदिप बरालले जानकारी दिनुभयो । यसैगरी वार्षिकोत्सवकै कार्यक्रम अन्तरगत मंगलबारै वैद्धिकनगर स्थित नवज्योति आधारभुत विद्यालयलाई स्कुल बेन्च हस्तान्तरण गरिएको छ । क्लवका अध्यक्ष विजय सापकोटा, भरतपुर ४ का वडा अध्यक्ष हरिप्रसाद आचार्य लगायतले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिला शर्मा ढकाल र प्रधानाध्यापक कुस्मा कुमारी पन्तलाई बेन्च हस्तान्तरण गरिएको हो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt