• अथर्व सहकारीको २३ औ साधारण सभा सम्पन्न


    सन्तोष देवकोटा
    भरतपुर/भरतपुर १२ स्थित अथर्व बचत तथा ऋण सहकारी सस्था लि.को प्रतिनिधिमुलक शेयर सदस्यहरुको सहभागितामा २३ औ साधारण सभा सम्पन्न भएको छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनगर गर्दै सिमित शेयर सदस्यहरुको सहभागितामा २३ औं साधारणसभा सम्पन्न गरिएको सहकारीका व्यवस्थापक प्रेमप्रसाद ढकालले जानकारी दिनुभयो ।
    कार्यक्रममा नेफ्सकुुन केन्द्रिय संचालक विद्या कोइराला प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी कोइरालाले सहकारीले सदस्यहरुको आर्थिकस्तर उकास्न महत्वपुर्ण भुमिका खेल्ने वताउनु भयो । सहकारीले आम सदस्यहरुलाई वचत गर्ने बानीको विकास गरेको वताउँदै उहाँले सहकारी विना आर्थिक समृद्धिको कल्पना गर्न नसकिने वताउनु भयो ।
    कार्यक्रमका विशेष अतिथी अथर्व वचत तथा ऋण सहकारी सस्थाका पुर्व अध्यक्ष, जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष भक्तिराम अधिकारीले निम्न आयस्तर भएका मानिसको जिविकोपार्जनमा सहकारी सहयोगी बन्न सक्नुपर्नेमा जोड दिनु भयो । नेफ्स्कुनका पुर्व संचालक भरत प्रसाद दवाडीले सहकारीमा वित्तीय अनुशासन मजवुत हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा वोल्दै सहकारीका सस्थापक अध्यक्ष शालिग्राम शर्माले सहरकाीले गरेको लगानीको प्रभावकारीतामा ध्यान दिनुपर्ने वताउनु भयो ।
    कार्यक्रममा सहकारीका अध्यक्ष विजया भण्डारी लम्सालले अध्यक्षको प्रतिवेदन, सचिव सृजना वसौला देवकोटाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष गोविन्द राज खरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सहकारीका सचिव सृजना वसौला देवकोटाले संचालन गर्नु भएको कार्यक्रममा सहकारीका संचालक सदस्य सुरज पाठकले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।
    सहकारीका अध्यक्ष विजया भण्डारी लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला वचत संघका संचालक आनन्द पाण्डे, अथर्व वचत तथा ऋण सहकारी सस्थाका सल्लाहकार विष्णु प्रसाद शर्मा, कृष्ण भण्डारी, शिव शर्मा पौडेल, चनौली सितभण्डार सहकारीका संचालक चन्द्रकान्त भट्टराई, स्थानीय समाजसेवी चित्र बहादुर भण्डारी लगायतले वोल्नु भएको थियो ।
    ६९ करोड ७० लाख कुल पुँजी रहेको उक्त सहरकारीले मुख्य कार्यलय भरतपुर १२, सहयात्री सेवा केन्द्र खोलेसिमल र राम्रो सेवाकेन्द्र पार्वतीपुरवाट सेवा दिँदै आएको सहकारीका ऋण अधिकृत ठाकुर प्रसाद दवाडीले जानकारी दिनुभयो । ४ हजार ४ सय ६६ जना शेयर सदस्य रहेको उक्त सहकारीको साधारणसभाको कार्यक्रम यहि असोज ८ गतेवाट सुरु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt