• मन्त्री द्धय पौडेल र सुवेदीद्धारा गणेशधामको अवलोकन , प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्नेमा जोड


    सन्तोष देवकोटा
    भरतपुर/बागमती प्रदेश सरकारका दुई जना मन्त्रीहरुले विहीबार भरतपुर ११ स्थित गणेशधामको अवलोकन गर्नु भएको छ । गणेशधाम संरक्षण सम्वद्र्धन समितिको आयोजनामा वागमती प्रदेश सरकारका उद्योग पर्यटन तथा बन मन्त्री शान्तिप्रसाद पौडेल र सामाजिक विकास मन्त्री विजय सुवेदीले संयुक्त रुपमा गणेशधामको अवलोकन गर्नु भएको हो ।
    गणेशधाम अवलोकन पनि आयोजित कार्यक्रममा वोल्दै मन्त्री पौडेलले सवै सरोकारवालाहरु मिलेर मात्रै गणेशधामको प्रवद्र्धन सम्भव भएको वताउनु भयो । गणेशधामलाई प्रदेशकै मुख्य धार्मीक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने वताउँदै मन्त्री पौडेलले गुरुयोजना अनुसारको काम सम्पन्न गर्ने सवालमा आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।
    गणेशधाका संरक्षक समेत रहनु भएका सामाजिक विकास मन्त्री सुवेदीले सो अवसरमा गणेशधामको गतिविधि र आगामी योजनाको वारेमा जानकारी गराउनु भएको थियो । सो अवसरमा वोल्दै मन्त्री सुवेदीले सवै क्षेत्रको सहयोग विना गणेशधामको गुरुयोजनाले सार्थकता नपाउने वताउनु भयो । गणेशधाम चितवनको मात्रै नभएर प्रदेशकै गहना भएको वताउँदै सुवेदीले सरकारी क्षेत्रवाट पनि यसको संरक्षण र प्रवद्र्धन जरुरी रहेको वताउनु भयो ।
    यसैगरी कार्यक्रममा गणेशधाम संरक्षण सम्वद्र्धन समितिका अध्यक्ष दिनेश कुमार चुकेले मन्त्रीद्धयलाई गणेशधाममा स्वागत गर्दै गणेशधामको कार्य प्रगतिको वारेमा जानकारी गराउनु भएको थियो । गणेशधामलाई बागमती प्रदेशको नमुना धार्मिक पर्यटकीय क्षेत्र बनाउनको लागि मास्टरप्लान अनुसारको भौतिक निर्माणमा सहयोग गर्न प्रदेस सरकार लाइ अनुरोध गर्नुभयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt