• ग्राफिक मार्ग प्रा.लि. मार्फत २ महिनामै ५० बढि कम्पनी दर्ता


    भरतपुर/कम्पनी रजिष्ट्रार कार्यालय काठमाण्डौको आधिकारिक सेवा केन्द्रको अनुमति पत्र प्राप्त ग्राफिक मार्ग प्रा.ली.ले साउन ९ गते देखि कार्तिक ९ गते सम्म ३ महिनाको अन्तरालमा ५० वटा कम्पनी दर्ता गर्ने लक्ष्य लिई फेस्टिबल अफर सञ्चालन गरेकोमा साउन र भाद्र गरी दुई महिनामै ५० भन्दा बढी कम्पनी दर्ता गर्न सफल भएको छ । भरतपुर–११, बाईपास रोडमा मुख्य कार्यालय रहेको ग्राफिक मार्ग प्रा.लि. गत मिती २०७५ साल फागुन २७ गते कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएता पनि २०७६ साल वैशाख ४ गते देखि औपचारिक रुपमा कम्पनी दर्ताको सेवा दिन थालेको कम्पनीका प्रबन्ध निर्देशक जनक खड्काले जानकारी दिनुभयो ।
    २ वर्ष सम्म कम्पनी दर्ता देखि खारेजी सम्म गरिएका कामहरुको मुल्याङ्कन तथा आवश्यक कागजपत्रहरुको आधारमा छानबिन गरी २०७८ असार १४ गते नेपाल सरकार, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालयले नेपालका जुनसुकै ठाउँका कम्पनीहरु दर्ता गर्ने देखि खारेजी गर्ने सम्मका सम्पूर्ण कामहरु गर्नको लागि आधिकारिक सेवा केन्द्रको अनुमती पत्र (लाईसेन्स) प्रदान गरेको थियो । “कम्पनी रजिष्ट्रार कार्यालयले आधिकारिक सेवा केन्द्र सञ्चालन गर्नको लागि अनुमति दिए लगतै जनविश्वास झन ह्वातै बढेर आएको हुँदा तीन महिनाको लक्ष्य दुई महिनामै पूरा गर्न सफल भयौं” प्रवन्ध निर्देशक खड्काले बताउनुभयो ।
    नेपालका विभिन्न ठाँउहरुबाट सेवाग्राहीको माग बढ्दै जाँदा कम्पनीले नेपलका विभिन्न ठाउँहरुमा सेवाकेन्द्र समेत स्थापना गरेको छ । मुख्य कार्यालय भरतपुर–११, वाईपास रहेको ग्राफिक मार्ग प्रा.लि.बाट दाङको बिजौरी, नवलपुरको कावासोती, धनुषाको जनकपुर, काठमाण्डौको त्रिपुरेश्वर, तनहुँको दमौली, पोखराको रत्नचोक रनेपालगञ्जको कोहलपुरमा समेत सम्पर्क कार्यालयहरु सञ्चालनमा ल्याईएको कम्पनीकी ब्यवस्थापक लक्ष्मी पोख्रेलले जानकारी दिनुभयो । ब्यवसाय दर्ता, कम्पनी दर्ता तथा कर भ्याट सम्बन्धि कामहरु गर्नको लागि अन्य निकायहरुबाट धेरै झण्टीलो हुने भनि चारैतिरबाट गुनासो बढीरहेको समयमा यस ग्राफिक मार्ग प्रा.लि.ले मुख्य कार्यालय लगाएत आफ्ना सम्पर्क कार्यालयहरुबाट व्यवस्थित सेवा प्रणालीको विकास गरि सिस्टमिक रुपमा छिटो छरितो सहज तरिकाले सुलभ सेवा शुल्कमा ब्यवसायीहरुलाई सेवा दिँदै आएको उहाँको भनाई छ ।
    “कुनै पनि ब्यवसाय तथा कम्पनी दर्ता र कर भ्याट सम्बन्धी काम वा परामर्शको लागि चितवनमा विश्वास गर्न लाएक भनेको एक मात्र ग्राफिक मार्ग प्रा.लि. नै हो” ग्राफिक मार्ग प्रा.लि. मार्फत कम्पनी दर्ता गरि आफ्नो ब्यवसाय सञ्चालन गर्दै आउनुभएका रत्ननगर, टाँडीका युवा ब्यवसायी तथा सिद्धबाबा नेशनल एण्ड ट्रेड लिङ्क प्रा.लि.का सञ्चालक श्री राहुल खनालज्यूले भन्नुभयो । मैले आफ्नो ब्यवसाय सुरुवात गर्दा यसै कम्पनीबाट परामर्श लिएर दर्ता गरि सञ्चालन गर्दै आएको छु, कर भ्याट संग सम्बन्धित कामहरुको आवश्यक सल्लाह सुझाब तथा परामर्श समेत यसै कम्पनी मार्फत लिईरहेको समेत खनाल बताउनुहुन्छ । यसैगरि भारतको नं.१ ब्राण्ड सि.पि. प्लस सि.सि.टि.भी. क्यामाराको अधिकारिक बिक्रेत समेत रहेको ई.टेक प्रा.लि.का प्रबन्ध निर्देशक मन नाराययण श्रेष्ठले पनि कम्पनी दर्ता र कर भ्याट सम्बन्धि कामहरुको लागि नेपालकै एक मात्र भरपर्दो र विश्वासिलो आधिकारिक सेवा केन्द्र ग्राफिक मार्ग प्रा.लि.मा एक पटक जानै पर्ने ठाउँको रुपमा रहेको बताउनुभयो । आफुले पनि यस कम्पनी मार्फत २ वटा कम्पनी दर्ता गरिसकेको तथा ग्राफिक मार्ग प्रा.लि.ले दिएको सेवाबाट सन्तुष्टि भएर १० भन्दा बढि आफ्ना साथीभाईहरुलाई सेवा लिनको लागि रिफर गरिसकेको समेत जानकारी दिनुभयो ।
    साउन ९ देखि कार्तिक ९ सम्मको अवधिमा ५० कम्पनी दर्ता गर्ने लक्ष्य राखेकोमा कम्पनीले अहिले नै ५० बढि कम्पनी दर्ता गर्न सफल भएको हो । नयाँ कम्पनी दर्ता देखि खारेजी सम्मका सम्पूर्ण कार्यका साथै कर, भ्याट, अडिट लगायतका कार्य गर्दै आइरहेको प्रबन्ध निर्देशक खड्काले बताउनुभयो । जनताको विश्वास, गुणस्तरीय सेवा र उपयुक्त सेवाशुल्कमा सेवा दिँदा पनि यो लक्ष्य प्राप्त भएको हो, उहाँले भन्नुभयो । कम्पनी दर्ता भएर औपचारिक काम सुरुवात भए देखि हालसम्म २९८ वटा नयाँ कम्पनी दर्ता र १९३ वटा पुराना कम्पनी तथा कर भ्याट सम्बन्धी कामहरु गरिसकेको ग्राफिक मार्ग प्रा.लि.ले यो आर्थिक वर्षमा मात्रै झण्डै २४० वटा नयाँ कम्पनी दर्ता, २७५ वटा पुराना कम्पनीहरुको काम गरि सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।
    सेवाग्राहिहरुलाई छिटो छरितो र शुलभ सेवा शुल्कमा काम गर्नुपर्ने दायित्व तथा जिम्मेवारी महसुस गरेको बताउँदै कम्पनीकी ब्यवस्थापक लक्ष्मी पोख्रेलले चाडपर्वहरुलाई मध्यनजर गर्दै फेस्टिबलअफर समेत जारी गरिरहेको जानकारी गराउनुभयो । यहि साउन ९ गते देखि कार्तिक ९ गते सम्म जारी फेस्टीबल अफर अन्तर्गत यो अवधिमा दर्ता हुने कम्पनीहरुको सेवा शुल्क रु.७ हजार ९९९।– मात्र लाग्ने गरेको छ । त्यति मात्रै नभएर यो अबधि भित्र दर्ता भएका कम्पनीहरु मध्येबाट गोलाप्रथाबाट प्रथम, द्वितीय र तृतीय गरि ३ प्रकारका उपहार प्रदान गरिने योजना समेत रहेको पोख्रेलले बताउनुभयो ।
    गोलाप्रथाबाट प्रथम हुनेलाई कम्पनी दर्ता गर्दा लागेको सेवाशुल्क रकम फिर्ता गरिने, दोस्रो उपहारमा ३ महिने विवरण पेश गर्दा लागेकोे रकम फिर्ता गरिने वा ३ महिने विवरण पेश गर्दा लाग्ने रकम निशुल्क हुने र तेस्रो उपहारमा आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने उहाँको भनाई छ । यो उपहार योजनाको गोलाप्रथा २०७८ कार्तिक १२ गते सार्वजनिक कार्यक्रम गरि खोलिने पोख्रेलले बताउनुभयो । स्वदेशमै लगानी बढाएर रोजगार बढाउने उद्देश्यले २०७८ साउन ११ गते देखि ग्राफिक मार्ग प्रा.लि.को नेतृत्वमा ११ जना युवाहरु मिलेर ग्राफिक अफसेट प्रेस नामक छापाखाना समेत सञ्चालनमा ल्याएर विभिन्न किसिमका आकर्षक डिजाईन, सादा तथा रङ्गीन छपाई, भिजिटिङ कार्ड छपाई, क्यालेण्डर छपाई, किताब तथा विभिन्न किसिमका रजिष्टर छपाई लगायत छपाई सम्बन्धि सम्पूर्ण कामहरु समेत गर्दै आएको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt