• पैदलयात्रीलाई चितवनमा स्वागत


    भरतपुर/महिला हिंसा विरुद्धका विभिन्न माग सहित नेपालगञ्ज देखि काठमाण्डौंसम्मको पैदलयात्रामा निस्किएको पैदलयात्रीको टोलीलाई शुक्रबार नारायणगढमा स्वागत एवं मागहरु प्रति ऐक्यवद्धता जनाईएको छ । राष्ट्रिय महिला अधिकार अधिकार मञ्चकी पुर्व केन्द्रिय महासचिव रुवी खानको नेतृत्वमा राष्ट्रिय महिला अधिकार मञ्च वाँकेका महिला अधिकारकर्मीहरु संमिलित पदैलयात्रीको टोलीलाई शुक्रबार नारायणगढमा स्वागत गरिएको हो ।
    राष्ट्रिय महिला अधिकार मञ्च र मेचि महाकाली वुहारी संयुक्त आवाजको संयुक्त आयोजनामा भएको स्वागत एवं ऐक्यवद्धता जनाउने कार्यक्रममा राष्ट्रिय महिला अधिकार मञ्चकी पुर्व केन्द्रिय अध्यक्ष पुष्पा कुँवर, मेचि महाकाली वुहारी संयुक्त आवाजकी सल्लाहकार कल्पना पौडेल खड्का, देवघाट क्षेत्रविकास समितिका पुर्व अध्यक्ष टंकप्रसाद पौडेललगायतले अभियानमा ऐक्यवद्धता जनाउँदै महिला अधिकारको पक्षमा वोल्नु भएको थियो ।
    घरेलु हिंसा पीडित महिला नन्कुन्नी धोवी हत्याका दोषिहरु तथा विधवा महिला निर्माला कुर्मी हत्याका सवै दोषिहरुलाई तुरुन्त पक्राउ गरि कारवाहि गर्नुपर्ने र वाँके जिल्ला प्रहरी कार्यालयका एसपी श्याम कृष्ण अधिकारी तथा डिएसपी मधुसुधन न्यौपानेलाई विभागीय कारवाहि गर्नुपर्ने मागसहित राष्ट्रिय महिला अधिकार मञ्च वाँकेको आयोजनामा यहि असोज १ गते नेपालगञ्जबाट सुरु भएको पैदलयात्रीको टोली शुक्रबार चितवन आईपुगेको हो ।
    पैदलयात्री टोलीका संयोजक रुवी खानले स्थानीय तह, जिल्ला प्रशासन र प्रदेश सरकार घोटनाको दोषि पत्ता लगाउने विषयमा चासो नदेखाएको वताउँदै केन्द्रिय सरकारको ध्यानाकर्षण गराउन पदैलयात्रीको टोली काडमाण्डौ जान लागेको जानकारी दिनुभयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt