चौतारी बचतको साधारणसभा सम्पन्न


भरतपुर/नारायणगढ स्थित चौतारी वचत तथा ऋण सहकारी सस्थाको प्रतिनिधिमुलक रुपमा १० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सस्थाका अध्यक्ष विष्णु प्रसाद कँडेलको अध्यक्षतामा प्रतिनिधिमुलक शेयरसदस्यहरुको सहभागितामा सम्पन्न साधारणसभामा भरतपुर महानगरपालिका वडा नं. ३ का अध्यक्ष चन्दमित्र पण्डित प्रमुख अतिथी रहनु भएको थियो ।
कार्यक्रममा वोल्दै प्रमुख अतिथी पण्डितले सहरकारीले वचत गर्ने वानीको विकास गरेको वताउँदै वचत विना उज्ज्वल भविश्यको कल्पना गर्न नसकिने वताउनु भयो । सहकारीले निम्न आयस्तर भएका मानिसहरुलाई जिविकोपार्जनमा सहयोग पु¥यएको वताउँदै उहाले सहकारी विना आर्थिक सम्वृद्धि असम्भव रहेको वताउनु भयो ।
कार्यक्रममा वोल्दै सहकारीका अध्यक्ष विष्णु कँडेलले सहकारीलाई यो अवस्थासम्म ल्याउन सफल हुनुहुने पुर्व अध्यक्षहरु, पुर्व पदाधिकारीहरु एव पुर्व कार्यसमितिका सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो । चौतारी वचत तथा ऋण सहकारी सस्थाका उपाध्यक्ष गोपाल श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रममा सस्थाका सचिव रामशरण सिलवालले प्रगती प्रतिवेदन र कोषाध्यक्ष दिनेश खनालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
सचिव रामशरण सिलवालले संचालन गर्नु भएको कार्यक्रममा सहकारीका लेखा सुपरिवक्षण समितिका संयोजक कृष्ण प्रसाद पौडेल, पुर्व अध्यक्ष एवं सल्लाहकार संयोजक विष्णुबावु लोहनी, निवर्तमान अध्यक्ष कृष्ण पुरी, सस्थापक अध्यक्ष खेमराज पाण्डे चौतारी टोल सुधार समितिका अध्यक्ष राम लोहनी, नेफ्स्कुनका प्रतिनिधि ऋषवराज रेग्मीलगायतले वोल्नु भएको थियो । हाल सहकारीको एक हजार दुई सय ५३ जना शेयर सदस्य रहेका छन् ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार