• विकास सम्वृद्धिको लागि सरकार र निजीक्षेत्र विचको सहकार्य आवश्यक


    भरतपुर/विकास र समृद्धिको लागि सरकार र निजीक्षेत्र विचको सहकार्य अपरिहार्य रहेको शुक्रबार भरतपुरमा आयोजित कार्यक्रमका वत्ताहरुले जोड दिएका छन् । सरकार र निजी क्षेत्रको सहकार्य विना विभिन्न प्रकारका आयोजनाहरुले उपलव्धिमुलक काम गर्न नसक्ने वताउँदै वत्ताहरुले सरकारले उद्योगीको हितलाई केन्द्रमा राखेर नीति निर्माण गर्नुपर्ने वताएका थिए ।
    उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्रालयको आयोजना र चितवन उद्योग संघको सहकार्यमा सम्पन्न चितवन क्षेत्र औद्योगिक करिडोरका उद्योगी व्यवसायीहरुसंगको अन्तरक्रियात्मक कार्यक्रमका वक्ताहरुले सो विषयमा जोड दिएका हुन् । राज्यका कतिपय नीतिका कारण उद्योगीहरुलाई व्यवसाय प्रवद्र्धनमा समस्या परेको वताउँदै वत्ताहरुले त्यस्ता नीतिहरु परिमार्जन गर्नुपर्ने वताएका थिए ।
    कार्यक्रममा वोल्दै उद्योग, बाणिज्य तथा आपुर्ती मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले उत्पादन र उद्यमशिलता विना आर्थिक समृद्धिको परिकल्पना गर्न नसकिने वताउनु भयो । खाद्यान्न लगायत औद्योगिक उत्पादनमा आत्मनिर्भर हुन सकेमात्र मुलुकले आर्थिक रुपमा फड्को मार्नसक्ने वताउनु भयो । आर्थिक विकास र समृद्धिमा उद्योगीहरुमो भुमिका महत्वपुर्ण हुने वताउँदै उहाले उद्योगी व्यवसायीहरुलाई मुलुकको आर्थिक एवै औद्योगिक विकासमा सहयोगी बन्न आग्रह गर्नुभयो ।
    उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयका सहसचिव नारायण प्रसाद शर्मा दुवाडीले उद्योग प्रशासन सुधार र उद्योग प्रवद्र्धनलाई संगै लैजानुपर्ने वताउँदै कार्यक्रमको उदेश्यमाथी प्रकाश पार्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले चितवनमा औद्योगिक अवस्थाको वारेमा जानकारी गराउनु भएको थियो । उद्योग र आर्थिक क्षेत्रको नीति निर्माण गर्दा उद्योगी व्यवसायीहरुको सुझावलाई पनि समेटिनु पर्नेमा जोड दिँदै अध्यक्ष पौडेलले उद्योग मैत्री नीति आवश्यक रहेको वताउनु भयो ।
    अन्तरक्रिया कार्यक्रममा औद्योगिक करिडोरका उद्योगी व्यवसायीहरुले आफूले उद्योग सञ्चालनका क्रममा भोगेका समस्या, औद्योगिक नीति, कानूनी प्रावधानको व्यवस्था, त्यसका समाधानका विषयमा छलफल गर्नुका साथै जिज्ञासा राखेका थिए । कार्यक्रमका विशिष्ट व्यक्तित्व एवम् उद्योग क्षेत्रमा लामो समयसम्म अनुभव सम्हालीसक्नु भएका विज्ञहरु उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय बागमती प्रदेशका सचिव डा. सिन्धु प्रसाद ढुङ्गाना र उद्योग विभागका महानिर्देशक, जीवलाल भुसालले बुँदागत रुपमा उद्योगीहरुबाट आएको जिज्ञासाको समाधान गर्नुभएको थियो । अन्तरक्रिया कार्यक्रममा निजी क्षेत्रका छाता संस्थाको तर्फबाट बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष ऋषिराम घिमिरे र उद्योग वाणिज्य संघ चितवनका बरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले आफ्ना सुझावसँगै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । अन्तरक्रिया कार्यक्रममा चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले उद्योगीहरुका औद्योगिक नीति, कानूनी प्रावधानको व्यवस्थाका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो ।


    कार्यक्रममा लघु घरेलु तथा साना उद्योग केन्द्रका नि. कार्यकारी अधिकृत ऋषिराम पंगेनी, मेड्पा टिएका राष्ट्रिय कार्यक्रम प्रबन्धक डा.रामजी न्यौपाने, बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष ऋषिराम घिमिरे, घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख यादवनाथ आचार्य, उद्योग वाणिज्य संघ चितवनका बरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेल, नवलपुर उद्योग संघका अध्यक्ष के.बि राना, चितवन उद्योग संघका निवर्तमान अध्यक्ष, बागमती प्रदेश उद्योग परिसंघका बरिष्ठ उपाध्यक्ष भेषराज दुवाडी, चितवन उद्योग संघ गभर्निङ काउन्सिलका अध्यक्ष सोमराज मरहट्टा, चितवन उद्योग संघका पूर्व अध्यक्ष तारा प्रसाद पौडेल, गुणाकर खरेल, हरि प्रसाद सुवेदी, चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेल, कुखुरा ब्यावसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछाने, पुष्प ब्यवसायी संघ नेपाल, जिल्ला कमिटि, चितवनका कोषाध्यक्ष सुलभ श्रेष्ठ, चार्टर एकाउन्टेण्ट संघ, चितवन च्याप्टरका अध्यक्ष निशान पौडेल, नेपाल क्रेट उत्पादक संघका अध्यक्ष दण्डपाणी भट्ट, चितवन मेटल इन्जिनियरिङ एण्ड फेब्रिकेट उद्योग समितिका अध्यक्ष तारा बहादुर कार्की, पश्चिम चितवन मिल व्यवसायी मञ्चका अध्यक्ष छविलाल ढकाल, चितवन नवलपुर सिमेन्ट सामग्री उद्योग समितिका अध्यक्ष बद्रीप्रसाद चापागाई, चितवन लोकल तेल उत्पादन सघका प्रतिनिधि बिष्णु कँडेल, होटल व्यवसायी संघ–चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठ, नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टिकाराम पोखरेल, नेपाल कुखुरा व्यवसायी मञ्चका उपाध्यक्ष डा.रेवन्त कुमार भट्टराई, चितवन उद्योग संघका उपाध्यक्षहरु सूर्य प्रसाद न्यौपाने, मदन घिमिरे, दुर्गाप्रसाद भण्डारी, गजेन्द्र अधिकारी, कार्यसमिति सदस्यहरु गोविन्द प्रसाद खनाल, युवराज पाठक, मदन चिरञ्जीवी पोखरेल, बिष्णु प्रसाद पौडेल, गोपाल प्रसाद गैरे, हरिप्रसाद भट्ट, दण्डपाणी भट्ट, पुरुषोत्तम रिजाल, रामचन्द्र अधिकारी, वसन्त बहादुर पाण्डे, युवा उद्यमी मञ्चका अध्यक्ष सुरेन्द्र कार्की, युवा उद्यमी मञ्चका सदस्य अश्विन गोले, महिला उद्यमी मञ्चका कार्यवहाक अध्यक्ष सिर्जना सोती, सचिव दक्षिणा गैरे न्यौपाने, कोषाध्यक्ष सरिता खनाल पौडेल, सदस्यहरु राधा शर्मा, गीता ढकाल लगायतको उपस्थिति रहेको थियो । उद्योग मन्त्रालयका उपसचिव दिनेश सागर भुषालले सञ्चालन गर्नुभएको अन्तरक्रियात्मक कार्यक्रमलाई नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले छलफलमा उठेका विषय बस्तु लाई सम्बोधन सहित कार्यक्रमको समापन गर्नुभएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt