• अहिंसा दिवसमा मानव अधिकार तथा शान्ति समाजको दीप प्रज्वलन


    भरतपुर/मानव अधिकार तथा शान्ति समाज, चितबन शाखाको आयोजनामा अहिंसा दिवसको अवसरमा नारायणगढ स्थित पुल्चोकमा शान्ति दिप प्रज्जवलन गरिएको छ । अहिंसाले मात्र समाज सतमार्गमा हिड्छ भन्ने मानव अधिकार तथा शान्ति समाज स्थापनाको उद्देश्य अनुरुप नै बिगत दशक देखि नै समाजका विभिन्न जिल्ला शाखाहरुले कार्यक्रम गरेर अहिंसा दिवस मनाउदै आईरहेको छन् ।
    “अहिंसा ः पवित्र मार्ग “ भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज चितवन शाखा सभापति शंभु राउत, बागमती प्रदेस सचिव बाबुहरि आचार्य, पूर्व केन्द्रीय सचिबहरु बिश्व प्रकाश बास्तोला, राजेन्द्र पौडेल, शाखा उपसभापति बिन्दु खनाल, जिल्ला सचिब दयानिधि अर्याल, कोषाध्यक्ष भवानि देबि अधिकारी, कार्य समिति सदस्यहरु पूर्ण चन्द्र चापागाईं, जीवन के सि, तारा पौडेल, संसारचन्द्र न्यौपाने, रबिन खतिबडा, रितु न्यौपाने, आजिब सदस्यहरु बोधराज शर्मा, नारायण ढकाल, सदस्य दयाराम चापागाई, शुभेच्छुकहरु रमानिधि पन्थ, शिबराम अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt