• शान्ति समाज चितवनद्धारा आर्थिक सहयोग हस्तान्तरण


    भरतपुर/जेष्ठ नागरिक दिबसको अवसरमा मानव अधिकार तथा शान्ति समाज चितवन शाखाले भरतपु ९ स्थित चितवन मानव सेवा आश्रमलाई आर्थिक सहयोग गरेको छ । समाजका जिल्ला सभापति शम्भु राउतले चितवन मानव सेवा आश्रममा आश्रीतहरुको खाना सेवाका लागि पाँच हजार एक सय रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गर्नु भएको हो । समाजका पदाधिकारी एवं सदस्यहरुको सहयोग र सक्रियतामा संकलित उक्त रकम आश्रमलाई हस्तान्तरण गरिएको समाजका जिल्ला अध्यक्ष सम्भु राउतले जानकारी दिनुभयो ।
    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी तामाङले मानव अधिकार तथा शान्ति समाजले मानव अधिकारको अलावा सामाजिक काममा पनि सक्रियता देखाएकोमा धन्यवाद ज्ञापन गर्नु भयो ।
    मानव सेबा आश्रमका अध्यक्ष ममता शर्मा न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा बागमती समाजका प्रदेस सचिब बाबुहरि आचार्य, उपसभापति बिन्दु खनाल, सदस्यहरु पूर्णचन्द्र चापागाईं, तारा पौडेल, जीवन केसी, रितु न्यौपाने, रबिन खतिबडा लगायतको सहभागिता रहेको थियो । बार्ड नं ९ का अध्यक्ष यमलाल कडेल तथा विभिन्न लायन्स क्लबका सदस्यहरु तथा मानव सेबा आश्रमका संरक्षक डा. हरिश्चन्द्र न्यौपानेको उपस्थितिमा संस्थाका उपाध्यक्ष बिनोद ढकालले कार्यक्रम संचालन गर्नु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt