• मार्गदर्शन साकोसको १० औ साधारण सभा सम्पन्न


    भरतपुर/भरतपुर महानगरपालिका वडा न. १६ स्थित मार्गदर्शन बचत तथा ऋण सहकारी सस्था लि. को १० औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । कोरोना जोखिमको कारण सहकारी विभाग र सहकारी तथा रोजगार प्रवर्द्दन शाखा भरतपुर महानगरपालीकाले जारी गरेको साधारण सभा सन्चालन सम्बन्धि निर्देशिका २०७७ बमोजिम एकाईगत रुपमा यहि आश्विन ४ गतेदेखी आश्विन १२ गतेसम्म सञ्चालन भएको साधारण सभा आश्विन १६ गते समापन गरिएको हो ।
    साधारणसभाको समापन कार्यक्रममा भरतपुर महानगरपालिका सहकारी तथा रोजगार प्रवद्र्धन शाखाका प्रमुख रामबाबु पौडेल प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी पौडेलले आर्थिक समृद्धिको लागि सहकारीको भूमिका महत्वपुर्ण भएको वताउनु भयो । सहकारीले सदस्यहरुमा बचत गर्ने वानीको विकास गरेको वताउँदै प्रमुख अतिथी पौडेलले सहकारीले आफ्नो शेयर सदस्यहरुलाई केन्द्रमा राखेर काम गर्नुपर्ने वताउनु भयो ।
    सहकारीका अध्यक्ष प्रेम बहादुर बोगटीको अध्यक्षतामा सम्पन्न साधारणसभामा अधिवक्ता जगन्नाथ भन्डारी विशेष अतिथी रहनु भएको थियो । यसैविच, सहकारीको १० औ बार्षिक साधारण सभाले कमलबहादुर थापाको अध्यक्षतामा ११ सदस्य सन्चालक समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा डोलबहादुर गुरुङ, सचिवमा गनबहादुर श्रेष्ठ, कोषाध्यक्षमा गीता न्यौपाने, सहसचिवमा दुर्गा क्षेत्री, सदस्यहरुमा बिष्णुबहादुर श्रेष्ठ, धनपति शर्मा, राजकुमार श्रेष्ठ, अजय शर्मा, सीता खरेल, झरना क्षेत्री रहनुभएको छ ।
    त्यस्तै साधारणसभाले टीकाकुमारी पौडेलको संयोजकत्वमा लालप्रसाद शर्मा र सन्तोष श्रेष्ठ सदस्य रहेको ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति गठन गरेको छ । भरतपुर महानगरपालीका कार्यक्षेत्र रहेको उक्त मार्गदर्शन बचत तथा ऋण सहकारी सस्थामा आर्थिक बर्ष २०७७/०७८ मा शेयर सदस्य ५ हजार जना, कुल सम्पति ५१ करोड ८० लाख रहेको छ ।
    सस्थाले शेयर सदस्यहरुलाई १२ प्रतिशत शेयर लाभाश, बचत कारोबारमा ३ः३० प्रतिशत र ऋण कारोबारको लागि २ः६० प्रतिशत सुरक्षित पुजीँ फिर्ता कोषबाट बोनस वितरण गर्ने घोषणा गरेको छ । डिजिटल सदस्य, डिजिटल साकोस अभियान सन्चालन गरेको सस्थाले सदस्यहरुलाई निशुल्क मोवाईल वैकिङ्ग, एटिएम कार्ड, क्यु.आर सेवा, ई. टेलर, ईं पेमेन्ट सेवा सन्चालन गरेको सस्थाका प्रमुख कार्यकारी अधिकृत दीपक गौतमले जानकारी दिनुभयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt