• एभरेष्ट साकोसको साधारणसभा सम्पन्न, अध्यक्षमा पुनः चुके


    भरतपुर/नारायणगढ स्थित एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लि.को १४ औं वार्षिक साधारण सभा औपचारिक रुपमा समापन भएको छ । संस्थाका अध्यक्ष बाल गोपाल चुकेको अध्यक्षतामा भएको साधारणसभाको समापन कार्यक्रममा कानुनी सल्लाहकार अधिवक्ता डा. कुन्साङ लामा प्रमुख आतिथी रहनु भएको थियो । कोरोना संक्रमणको कारण सम्पुर्ण सदस्यहरुलाई एकैचोटी उपस्थित गराएर साधारणसभा सम्पन्न गर्न नसके पनि फरक फरक दिनमा आलोपालो गरि शेयर सदस्यहरुलाई उपस्थित गराएर राय, सुझाव संकलन गरि यहि असोज १६ गते प्रतिनिधिमुलक साधारणसमा सम्पन्न भएको सहकारीका व्यवस्थापक सरु ढकालले जानकारी दिनुभयो ।
    कार्यक्रममा वोल्दै प्रमुख अतिथी लामाले सहकारीले निम्न आयस्तर भएर पनि केहि गर्न चाहाने सदस्यहरुको सहयोगी वन्नुपर्नेमा जोड दिनुभयो । सहकारीले गरेको आर्थिक लगानीले आम सदस्यहरुको आयस्तर वृद्धि गर्न सकेमात्र सहकारीको प्रभावकारीता देखिने वताउँदै उहाले सहकारीलाई शेयर सदस्यहरुको हितमा काम गर्न आग्रह गर्नु भयो । संस्थाका व्यवस्थापक सरु ढकालले संचालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष शान्तलाल प्रधानले उपस्थित व्यक्तित्वहरुलाई स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।
    साधारणसभामा संस्थाका सचिव मदन प्रसाद पौडेलद्धारा प्रस्तुत आर्थिक वर्ष ०७७/०७८ को प्रगति प्रतिवेदन, कोषाध्यक्ष कुन्दन कुमार पियाद्धारा प्रस्तुत आ.व. ०७७/०७८ को आर्थिक प्रतिवेदन र आ.व.०७८/०७९ को वार्षिक कार्ययोजना तथा बजेट, लेखा सुपरिवेक्षण समितिको तर्फबाट समितिका संयोजक मनोज कुमार अग्रवालद्धारा प्रस्तुत प्रतिवेदन माथि छलफल गरि पारित गरिएको थियो । साधारण सभाले सदस्यहरुलाई १२ प्रतिशतका दरले शेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोषबाट बचत कारोबार गर्ने सदस्यहरुलाई बचतमा प्राप्त गरेको ब्याजको ५.३१ प्रतिशत र ऋण कारोबार गर्ने सदस्यहरुलाई ऋणमा तिरेको ब्याजको ४ प्रतिशतका दरले हुन आउने रकम वितरण गर्ने निर्णय गरेको सहकारीका व्यवस्थापक ढकालले जानकारी दिनुभयो । असोज १० गतेदेखि १५ गते सम्म सदस्यहरुबाट प्राप्त सुभाव र प्रतिनिधी सदस्यहरुबाट उठेका जिज्ञासा र सल्लाह सुझावहरुलाई सम्वोधन गर्दै सभाध्यक्ष बाल गोपाल चुकेले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
    यसैगरी सहकारीको १४ औं वार्षिक साधारण सभाबाट ७ सदस्यीय संचालक समिति र ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्वाचित भएको छ । बाल गोपाल चुकेको अध्यक्षतामा निर्वाचित नयाँ कार्यसमितिको उपाध्यक्षमा शान्तलाल प्रधान, सचिवमा मदन प्रसाद पौडेल, कोषाध्यक्षमा मनोज कुमार अग्रवाल, सदस्यहरुमा विष्णु प्रसाद पौडेल, संगिता अधिकारी, सुरज गुरुङ रहनु भएको छ ।
    यसैगरी गणेश अधिकारीको संयोजकत्वमा गठित लेखा सुपरिवेक्षण समितिको सदस्यहरुमा शेर बहादुर पौडेल, गोविन्द पराजुली रहनु भएको छ । निर्वाचन उपसमितिका संयोजक अधिवक्ता डा. कुन्साङ लामाले नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण र सपथ ग्रहण गराउनु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt