चितवन रोटरीद्धारा चितवन मानवसेवा आश्रममा न्यानो कपडा हस्तान्तरण


भरतपुर/रोटरी क्लव अफ चितवनले वडादशैं २०७८ को अवसरमा भरतपुर स्थित चितवन मानव सेवा आश्रममा आश्रीतहरुको लागि न्यानो कपडा हस्तान्रण गरेको छ । हरेक वर्ष चितवन मानव सेवा आश्रममा कपडा सहयोग गर्ने क्लवको नियमित कार्यक्रम अन्तरगत उक्त कपडा हस्तान्तरण गरिएको क्लवका अध्यक्ष ज्ञानेन्द्रमान शाक्यले जानकारी दिनुभयो । सो अवसरमा ५० हजार रुपैँया वरावरको कपडा हस्तान्रण गरिएको हो ।
उक्त कपडा न्यू लोकमान एण्ड सन्स ज्वेलरी र जय सन्तोषी माँ सुनचाँदी पसलले स्पोन्सर गरेको क्लवका सम्पादक रोशन खरेलले जानकारी दिनुभयो । सो अवसरमा रोटरी क्लव अफ चितवनका सदस्य एवं जय सन्तोषी माँ सुनचाँदी पसलका प्रोपाईटर, युवा उद्यमी रुविन रामुदामुले असहाय दिनदुखीलाई सहयोग गर्न पाएकोमा खुशि व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने जानकारी दिनुभयो ।
रोटरी क्लव अफ चितवनका अध्यक्ष ज्ञानेन्द्रमान शाक्यको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम क्लवका सहसचिव गोपाल गैरेले संचालन गर्नु भएको थियो । कार्यक्रममा वोल्दै क्ल्वका अध्यक्ष शाक्यले मानव सेवा सवैभन्दा ठुलो सेवा भएको वताउँदै सत्कर्मवाट कमाएको केहि रकम मानवसेवामा खर्च गर्न पाउँदा आत्मसन्तुष्टि मिल्ने वताउनु भयो । सोहि अवसरमा क्लवका अध्यक्ष शाक्यले चितवन मानवसेवा आश्रमको अक्षयकोषमा एक लाख एक हजार रुपैंया सहयोग गर्ने घोषणा गर्नु भयो ।


रोटरी क्लव इन्टरनेशनल ३२९२ नेपाल भुटानका डिष्ट्रिक एसिस्टेण्ड गभर्नर एवं रोटरी क्लव अफ चितवनका पुर्व अध्यक्ष शरद गोपाल न्याच्छौंले स्वार्थ भन्दा माथि सेवा भन्ने मुल नाराका साथ रोटरी क्लव अफ चितवनले चितवन मानवसेवा आश्रममा कपडा सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता कामले निरन्तरता पाउने अपेक्षा व्यक्त गर्नु भयो ।
कार्यक्रममा वोल्दै चितवन मानव सेवा आश्रमकी अध्यक्ष ममता शर्मा न्यौपानेले रोटरीको सहयोग प्रति आभार व्यक्त गर्दै मानव सेवाको अभियानमा आगामी दिनमा पनि सहकार्य हुने आशा व्यक्त गर्नु भयो । आश्रमको भवन निर्माणको लागि जग्गाको व्यवस्थापनमा आवश्यक सहयोग गरिदिन उहाले आग्रह गर्नु भयो ।
सो अवसरमा चितवन मानव सेवा आश्रमका उपाध्यक्ष विनोद ढकालले हाल आश्रममा ३८ जना मानिसहरुले आश्रय लिइरहेको जानकारी दिँदै आश्रमको उदेश्य र गतिविधिको वारेमा वताउनु भएको थियो । कार्यक्रममा चितवन मानव सेवा आश्रमका सरोज प्रसाद ज्ञवाली, देवी आचार्य, मञ्जु पौडेल, रोट्याक्टर सायल पाण्डेलगायतको उपस्थिती रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार