• निप्पोन एजुकेशनल सेन्टरको शुभकामना आदानप्रदान र अन्तरक्रिया सम्पन्न


    भरतपुर/उच्च शिक्षा अध्यायनको लागि जापान जान चाहाने विद्यार्थीहरुका लागि शैक्षिक परामर्श दिँदै आएको नारायणगढस्थित निप्पोन एजुकेशनल सेन्टरको आयोजनामा अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । जापान जाने तयारीमा रहेका विद्यार्थीहरुका आवश्यकतालाई मध्यनजर गरि अन्तरक्रिया र नजिकिँदै गरेको दशै तिहारको शुभकामना आदानप्रदान गर्न कार्यक्रम आयोजना गरिएको निप्पोन एजुकेशनल सेन्टरका प्रमुख कार्यकारी अधिकृत दिपकचन्द्र भट्टराईले जानकारी दिनुभयो ।
    कार्यक्रममा जापान इमिग्रेसनवाट सिओई प्राप्त गरेको एक सय जना भन्दा वढि विद्यार्थीहरु सहभागी थिए । उनीहरुलाई निप्पोनका प्रवन्ध निर्देशक दीपकचन्द्र भट्टराईले दशै तिहार लगायतका चाडवाडको अवसरमा शुभकामना व्यक्त गर्दै कोरोना महामारी र जापानको वर्तमान अवस्था बारे जानकारी गराउनु भएको थियो । साथै प्रमुख कार्यकारी अधिकृत भट्टराईले उच्च शिक्षा अध्यायनको लागि जापान जान चाहाने विद्यार्थीहरुले जानुभन्दा पहिले र गएपछि ध्यान दिनुपर्ने कुराहरुको वारेमा समेत जानकारी गराउनु भएको थियो ।
    जापान सरकारले खोप लगाएकालाई प्रवेश गर्न दिने तयारी गरिसकेकोले अब छिट्टै अवस्था सहज हुने वताउँदै उहाले जापानमा स्वास्थ्य संकटकाल अन्त्य भएकोले अब सिओई प्राप्त विद्यार्थीहरु छिट्टै जान पाउने विश्वास व्यक्त गर्नु भयो । निप्पोन एजुकेशनल सेन्टरमा दशैं लगत्तै भौतिक उपस्थितिमा नै जापानिज भाषाका कक्षा सुरु हुने उहाँले जानकारी दिनुभयो ।


    कार्यक्रममा विद्यार्थीहरुले जापानको वर्तमान अवस्था र जाने तयारीमा रहेका विद्यार्थीको अवस्थाका बिषयमा जिज्ञासा राखेका थिए । भट्टराईले विद्यार्थीहरुले राखेका जिज्ञासाको जवाफ दिएका थिए । कार्यक्रममा निप्पोन एजुकेशनल सेन्टरका निर्देशक रुकु काफ्ले, आविश्कार रिजाल, गढ्यौली विरेन्द्रनगर शाखा प्रमुख राजु पाण्डे, भिटो एजुकेशन सेन्टरका प्रवन्ध निर्देशक सरोज कोइराला लगायतले शुभकामना आदानप्रदान सहित आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt