• किरण अमरजंग गुरुङ मा.विका नयाँ विद्यार्थीलाइ पोशाक वितरण


    भरतपुर/लामो समय देखि गुणस्तरीय शिक्षालाइ जोड दिँदै आएको भरतपुर १९ स्थित किरण अमरजंग गुरुङ माध्यमिक विद्यालयले विद्यालयमा नया भर्ना भएका विद्यार्थीहरुलाइ निशुल्क पोशाक वितरण गरेको छ । पश्चिम चितवनको ग्रामिण क्षेत्रमा रहेको विद्यालयले समाजका वालवालिकाहरुलाइ विद्यालय भित्रल्याउन शैक्षिक योजनाका साथै भौतिक सहयोगका योजनाहरु कार्यन्वयनमा ल्याएको विद्यालयका प्रधानाध्यापक विनोद कुमार अधिकारीले जानकारी दिनुभयो ।
    सोही योजना अनुसार वुधवार आयोजित एक कार्यक्रममा नया भर्ना भएका छात्र छात्राहरुलाइ निशुल्क पोशाक वितरण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका सदस्य सन्तोष तिमिल्सिनाको अध्यक्षता सम्पन्न कार्यक्रममा विद्यालयका सदस्यहरु शान्ती लामा, आशा गुरुङ, सहायक प्रधानाध्यापक योगमाया गुरुङ लगायतको उपस्थीति रहेको थियो । सहायक प्रधानाध्यापक एवं शिक्षक प्रतिनिधी नवराज बरालले सञ्चालन गर्नु भएको उक्त कार्यक्रमको औचित्य र आवश्यकता माथी विद्यालयका प्रधानाध्यापक विनोद कुमार अधिकारीले प्रकाश पार्नु भएको थियो ।
    सो कार्यक्रममा विजयादशमी २०७८को शुभकामना आदान प्रदान समेत गरिएको थियो । विद्यालयले विद्यार्थी एवं अभिभावकहरुको मन जित्न विभिन्न खालका अभिभावक र विद्यार्थी केन्द्रीत कार्यक्रमहरु समय सापेक्षरुपमा ल्याउने गरेको र कार्यक्रमहरु प्रभावकारी रहेको विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष द्रोण वहादुर गुरुङले वताउनुभयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt