• महानगर साकोसमा केशवप्रसाद लामिछाने


    भरतपुर/नारायणगढ स्थित महानगर बचत तथा ऋण सहकारी संस्था लि. को चौथो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले केशवप्रसाद लामिछानेको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा वीरेन्द्र पिया, सचिवमा प्रमोदराज पौडेल, कोषाध्यक्ष अशोक श्रेष्ठ, सहसचिवमा पुष्पलता प्रधान र सदस्यहरुमा कोपिला श्रेष्ठ र अर्जुनप्रसाद शर्मा चयन भएका हुन् ।
    सहकारीको बिहीबार सम्पन्न साधारणसभा समापन कार्यक्रममा भरतपुर ७ का वडा अध्यक्ष राजेन्द्रमणि काफ्ले प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी काफ्लेले सहकारीले सदस्यहरुलाई वचत गर्ने वानिको विकास गरि आर्थिक रुपमा सम्पन्न वनाउन सहयोग गरेको वताउनु भयो । कार्यक्रममा कुशल व्यवस्थापन गरे वापत व्यवस्थापक शितलकुमार श्रेष्ठ र उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो ।
    सहकारीका अध्यक्ष सुनिल मास्केको सभापतित्वमा सम्पन्न कार्यक्रम सविता कंडेलले संचालन गर्नु भएको थियो । वि.सं. २०७४ सालमा संस्थाले २५ जना सदस्यहरुबाट सेवा प्रारम्भ गरेको हो भने हाल १९३३ पुरुष र १३८३ महिला गरी ३३८३ जना सदस्य रहेका छन् ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt