• स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा बीमा दावी रकम हस्तान्तरण


    भरतपुर/स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चितवनले संस्थाका सदस्य तथा व्यवसायी यासिन मियाको गत साउन ३० गते कोभीड–१९ संक्रमणबाट भएको असामयिक निधन पश्चात प्राप्त बीमा वापत दाबी रकम हस्तान्तरण गरेको छ । स्व. मियाले संस्थाको पहलमा ऋण लिँदाका बखत यूनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड मार्फत ४० हजार रुपैया बराबरको बार्षिक नवीकरण सामूहिक म्यादी जीवन बीमा गराएका थिए ।
    संस्थाका प्रमुख कार्यकारी अधिकृत तुलसीराम थापा, सहायक व्यवस्थापक रितेन जोशी, बीमा कम्पनीका टाँडी शाखा प्रमुख भीम पौडेल तथा अभिकर्ता कृष्णहरी पण्डितको उपस्थितिमा संस्थाले बिहीबार एक कार्यक्रमको आयोजना गरी बीमा दावी रकम चार लाख रुपैयाँ तथा बीमा कम्पनीबाट काजक्रिया खर्च स्वरुप प्राप्त एक लाख रुपैया गरि कुल रकम ५ लाख रुपैयाँ मृतकका परिवारलाई हस्तान्तरण गरेको हो ।
    कार्यक्रममा बोल्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत तुलसीराम थापाले संस्थाका सदस्य स्व. यासिन मियाको दुःखद् निधन प्रती गहिरो दुःख व्यक्त गर्दै संस्थाको विकासमा पु¥याउनु भएको सहयोगको सदैव उच्च मूल्यांकन रही रहने समेत बताउनु भयो । त्यसै गरी मृतकका परिवारका तर्फबाट श्रीमती रफिउन मियाले सहकारी संस्था तथा बीमा कम्पनीलाई दुःखको घडीमा पनि साथ दिनु भएको भन्दै बिशेष आभार प्रकट गर्नु भयो । कार्यक्रम सहकारी संस्थाका ऋण सहायक अधिकृत दानबहादुर रानाले सञ्चालन गर्नु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt