• हंस सहकारीको १८ औं साधारणसभा सम्पन्न


    सन्तोष देवकोटा

    भरतपुर/नारायणगढ स्थित सहिदचोकमा केन्द्रिय कार्यालय रहेको हंस बहुउद्देश्यीय सहकारी संस्था लिको १८ औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । कोरोना संक्रमणको कारण सम्पुर्ण शेयर सदस्यहरुलाई एकैचोटी भेला गरेर कार्यक्रम गर्ने अवस्था नरहेकोले प्रतिनिधिमुलक रुपमा साधारणसभा सम्पन्न गरिएको सहकारीका व्यवस्थापक श्यामबन्धु पोखरेलले जानकारी दिनु भयो ।
    विभिन्न मितिमा भएका शेयरसदस्यहरुको भेलावाट चुनिएका प्रनिधिहरुको सहभागितामा सम्पन्न भएको साधारणसभाको समापन कार्यक्रममा हंस बहुउद्देश्यीय सहकारी संस्था लिका अध्यक्ष दिनेश कुमार चुकेले सहकारीको अवस्था, गर्दै आएको काम र आगामी योजनाको वारेमा जानकारी गराउनु भएको थियो । संस्थाका अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षतामा भएको कार्यक्रममा वागमती प्रदेश, शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहाल प्रमुख अतिथी रहनु भएको थियो ।
    कार्यक्रममा वोल्दै प्रमुख अतिथी दाहालले कृषि क्षेत्रको अनुदान व्यवस्थित र कामको अनुगनम गर्न आवश्यक रहेको वताउँदै अनुदान सहकारी बैंक र सहकारी मार्फत वितरण गर्नुपर्ने वताउनु भयो । सहकारी मार्फ अनुदान वितरण गरेमात्र साना किसानको पनि पहुँच पुग्ने वताउँदै दाहालले हंस सहकारीले राष्ट्रिय गौरवका आयोजनामा समेत योगदान गरेको वताउँदै धन्यवाद ज्ञापन गर्नु भयो ।
    कार्यक्रमका विशेष अतिथी भरतपुर महानगरपालिका सहकारी उपसमितिका संयोजक तथा भरतपुर ७ का वडा अध्यक्ष राजेन्द्रमणि काफ्लेले हंस बहुउद्देश्यीय सहकारी संस्था चितवनकै अग्रणी सहकारी सस्था भएको वताउँदै विपत्तिको समयमा समेत सहकारीले सहयोग गरेको वताउनु भयो । कार्यक्रममा जिल्ला बहुउद्देश्यीय सहकारी संघ, चितवनका लेखा समिति संयोजक मदन प्रसाद खरेल, उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष एवं उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य रमेश कुमार पिया, राष्ट्रिय सहकारी वैकका नारायणगढ शाखा प्रमुख संतोष ढकाल लगायतले वोल्नु भएको थियो ।
    संस्थाका उपाध्यक्ष बाबुराम अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रम सचिव शारदा शर्मा पौडेलले संचालन गर्नु भएको थियो । कोभिड १९ को असर यस बर्ष पनि कायम रहेका कारण अधिल्लो बर्ष जस्तै यस बर्ष पनि प्रतिनिधि मुलक साधारणसभा गर्न २०७८ भदौ २५ मा नै सूचना जारी गरिएको हुँदा सहकारी नियामक निकायहरुको निर्देशन अनुसार २०७८ असोज १६ देखि २१ गते सम्म साना समूहमा इकाई वैठक मार्फत साधारण सभाका लागि प्रतिनिधि चयन गरी शुक्रबार प्रतिनिधि मुलक साधारण सभा गरिएको संस्थाका अध्यक्ष दिनेश कुमार चुकेले बताउनु भयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt