यामाहाको दशैं तिहार अफरमा दुई भाग्यशाली बिजेताले पाए नगद उपहार


भरतपुर/यामाहाले दशैं तथा तिहारको उपलक्षमा ल्याएको स्किम रेस फर द एस अफर अन्तरगत २ जना भाग्यशाली विजेताले नगद उपहार पाउनु भएको छ । गैडाकोट निवासी वेनकुमारी पाण्डेले एक लाख रुपैयाँ र कावासोती निवासी गौतम भुषालले २५ हजार रुपैयाँ नगद उपहार हात पार्न सफल हुनु भएको हो । चितवनको यामाहा मोटरसाईकल तथा स्कुटरको लागि आधिकारिक विक्रेता नविन अटो सेन्टरका विजनेस हेड राजु स्वर्णकारले यस स्किम अन्तरगत आड हजार रुपैयाँ देखि एक लाख रुपैयाँ सम्म स्केच कार्ड मार्फत छुट रहेको तथा सम्पुर्ण एसेसोरिजहरुमा फ्रि रहेको जानकारी दिनुभयो । यसको साथै कुनै पनि ब्राण्डका मोटरसाईकल तथा स्कुटरसंग एक्सचेन्ज गर्न मिल्ने अफर सहित दश हजार रुपैयाँको थप मुल्यांकनको व्यवस्था गरिएको जानकारी दिँदै स्वर्णकारले यो स्किम तिहारसम्म रहने र अझै धेरै नगद उपहार वाँकी रहेको जानकारी दिनुभयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार