ढकाल समाज प्रतिष्ठन चितवनको प्रथम जिल्ला भेला सम्पन्न


सन्तोष देवकोटा
भरतपुर/नेपाल ढकाल समाज प्रतिष्ठन चितवनको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । शिव प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न भेलामा कृषि तथा बन विज्ञान विश्वविद्यालय रामपुरका पुर्व उपकुलपती प्रा.डा. आई. पी. ढकाल प्रमुख अतिथी रहनु भएको थियो । रामहरी ढकालले संचालन गर्नु भएको कार्यक्रममा प्रा.डा. रामचन्द्र ढकाल विशेष अतिथी र रमेशबाबु ढकाल अतिथी रहनु भएको थियो ।
कार्यक्रममा वोल्दै प्रमुख अतिथी आई.पी ढकालले वंशजको खोजी गरि भावी पुस्तालाई जानकारी हुने गरि अभिलेख तयार गर्न आवश्यक रहेको वताउनु भयो । ढकाल वन्धुहरुका विचमा एकता र आत्मियता वढाउन विभिन्न खालका कार्यक्रमहरु आयोजना गर्नुपर्ने वताउँदै उहाले वडादशै, तिहार लगायतका चाडपर्वको शुभकामना व्यक्त गर्नु भयो ।
भेलाले जिल्ला तदर्थ समिति, केन्द्रिय प्रतिनिधि, प्रदेश प्रतिनिधि तथा सल्लाहकार समिति चयन गरेको छ । भेलाले शिव प्रसाद ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा दिपक ढकाल, सचिवमा रामहरी ढकाल, सहसचिवमा अर्जुन ढकाल, कोषाध्यक्षमा सरोजबाबु ढकाल, सदस्यहरुमा रामकृष्ण ढकाल, वुद्धिप्रसाद ढकाल, कृष्ण प्रसाद ढकाल, कमलराज ढकाल, दण्डपाणी ढकाल, विष्णु प्रसाद ढकाल, महेश ढकाल, महेन्द्रनाथ ढकाल, रमाकान्त ढकाल, देवीप्रसाद ढकाल चयन हुनु भएको छ ।
प्रदेश प्रतिनिधिमा नवराज ढकाल र सरला ढकाल चयन हनु भएको छ । यसैगरी केन्द्रिय प्रतिनिधिमा तारापति ढकाल, कृष्णहरि ढकाल, सीता शर्मा ढकाल चयन हुनु भएको छ । यसैगरी सल्लाहकारहरुमा प्रा.डा. आई.पि. ढकाल, डा. रामचन्द्र ढकाल, वुद्धिराज ढकाल, रमेश ढकाल, सरोज ढकाल, मुक्तिनाथ ढकाल, टिकानिधी ढकाल, ठाकुर ढकाल, देविभक्त ढकाल, वुद्धि ढकाल, अमलकिरण ढकाल चयन हुनु भएको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार