नेपाल कुखुरा व्यवसायी मन्चको स्वागत तथा विदाई कार्यक्रम सम्पन्न


भरतपुर/नेपाल कुखुरा व्यवसायी मन्चको आयोजनामा २०७८ असोज २४ गते भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बाग्मती प्रदेशका सचिव डा.शरण पाण्डेको स्वागत तथा भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र चितवनका प्रमुख डा.दयाराम चापागाईको विदाई कार्यक्रम सम्पन्न भएको छ । मन्चका अध्यक्ष राजेन्द्र लामिछानेको सभापतित्वमा भएको स्वागत तथा बिदाई कार्यक्रममा नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टिकाराम पोखरेलले समग्र पोल्ट्रीको बर्तमान अवस्था, पोल्ट्री क्षेत्रको दिगो विकासका लागि राज्यको तर्फवाट गर्नुपर्ने सहयोग, कुखुराको मासु र अण्डाको बजार प्रवद्र्धनका लागि सूचनामुलक सन्देश प्रावह गर्न र बाग्मती प्रदेशलाई पोल्ट्रीको नमुना क्षेत्रको रुपमा विकास गर्न राज्यले भूमिका निर्वाह गर्नुपर्ने मन्तव्य व्यक्त गर्नु भएको थियो ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बाग्मती प्रदेशका सचिव डा. शरण पाण्डेले मन्तव्य व्यक्त गर्दै पोल्ट्री क्षेत्रको समग्र विकास, पोल्ट्री प्रवद्र्धनका लागि प्रचारप्रसार, फुड फेष्टीवल, रोग अनुसन्धान, पहिचान र निराकरणका लागि प्रयोगशालाहरुको विकास, प्रदेशस्तरीय पोल्ट्री विकास बोर्ड गठनलगायतका विषयमा निजी क्षेत्रसँग हातेमालो गर्दै अगाडी बढ्ने आश्वासन तथा प्रतिवद्धता जाहेर गर्नु भएको थियो । त्यसैगरी भटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनका प्रमुख डा. दयाराम चापागाईले मन्तव्य व्यक्त गर्दै मैले २६ बर्षे निजामती सेवा अवधीभर पशुपंक्षी र पोल्ट्री क्षेत्रको विकासका लागि निरन्तर रुपमा सेवा पु¥याउदै आएको र आगामी दिनमा पनि पोल्ट्री व्यवसायीहरु बिचमा नै रहने आफुसग भएको ज्ञान र शिपको उपयोग गर्ने धारणा व्यक्त गर्नु भएको थियो । स्वागत तथा बिदाई कार्यक्रममा मन्चका पूर्व अध्यक्षहरु टिकाराम पोखरेल, चन्द्रमान श्रेष्ठ, मन्चका निवर्तमान अध्यक्ष ऋषिराम पौडेल, उपाध्यक्ष डा. रेवन्त कुमार भट्टराई, उपाध्यक्ष एंव नेपाल ह्याचरी उद्योग बाग्मती प्रदेशका अध्यक्ष ज्ञानवहादुर बिसुराल, सचिव विनोद पोखरेल, कोषाध्यक्ष एंव नेपाल कुखुरा बजार व्यवस्थापन संघका अध्यक्ष कृष्णहरी लोहनी, बरिष्ठ सदस्यहरु नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघका अध्यक्ष रामकृष्ण अर्याल, चितवन नवलपुर दाना बितरक संघका अध्यक्ष तेजनारायण पाण्डे, नेपाल दाना उद्योग संघ चितवनका अध्यक्ष बालचन्द्र खनाल, कुखुरा व्यवसायी संघ पूर्वी चितवनका अध्यक्ष हरिकृष्ण खनाल, एशोसियट सदस्य रामकुमार चौहान र मदन चिरन्जीवि पोखरेल, विज्ञ सदस्य डा. विष्णुहरी पोखरेल, विभिन्न संघ संस्थाका पदाधिकारीहरु निराजन खनाल, परशुराम अधिकारी, शिवराज उप्रेती, प्रकाशमणि सापकोटा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बाग्मती प्रदेशका अधिकृत अनुप अधिकारी, मन्चका कार्यकारी अधिकृत शिवप्रसाद बराल र लेखापाल रमेशचन्द्र न्यौपानेलगायतको सहभागिता रहेको थियो ।

उक्त स्वागत तथा बिदाई कार्यक्रममा मन्चका अध्यक्ष राजेन्द्र लामिछानेले स्वागत गर्दै पोल्ट्री क्षेत्रको दिगो विकासका लागि राज्यको तर्फवाट अण्डा र मासुको खपत बढाउन जनचेतनामुलक कार्यक्रम संचालन गर्ने, भारतीय सीमानाकाहरुमा निगरानी बढाउने, पशु क्वारेन्टाइन सेवालाई अति आवश्कीय सेवा अन्र्तगत राखी २४ सै घण्टा सेवा दिने व्यवस्था मिलाउने, कच्चा पदार्थ उत्पादनमुखी योजना तर्जुमा गर्ने र विदेशवाट आयात हुने कच्चापदार्थमा भन्सार, कृषि सुधार शुल्क छुट गराउन भूमिका खेल्नुपर्ने धारणा राख्नु भएको थियो भने धन्यवाद तथा सभा विसर्जन मन्चका उपाध्यक्ष डा. रेवन्त कुमार भट्टराईले गर्नु भएको थियो । उहांले पोल्ट्री क्षेत्रको प्रमुख समस्या रोग भएको हुदां प्रयोगशालाहरुको स्थापना, विकास र आधुनिकीकरणमा जोड दिनुपर्ने धारणा राख्नु भएको थियो । कार्यक्रमको संचालन मन्चका उपाध्यक्ष ज्ञानवहादुर बिसुरालले गर्नु भएको थियो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बाग्मती प्रदेशका सचिव डा.शरण पाण्डे र भटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र चितवनका प्रमुख डा. दयाराम चापागाईलाई मन्चका अध्यक्ष राजेन्द्र लामिछानेले सम्मानपत्र प्रदान गर्नु भएको यियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार