• चितवन चनौली शीतभण्डार सहकारीको शुभकामना आदानप्रदान तथा चियापान


    सन्तोष देवकोटा
    भरतपुर/चितवन चनौली शीतभण्डार सहकारी सस्था लिमिटेड चनौलीको आयोजनामा मंगलबार शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । बडादशैं, शुभदिपावली, छटपर्व लगायतका पर्वको अवसरमा आयोजना गरिएको सो कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी प्रमुख अतिथी रहनु भएको थियो ।
    सहकारीको संरक्षक समेत रहनु भएकी मन्त्री रेग्मीले चितवन चनौली शीतभण्डार सहरकारीले समुदायमा पु¥याएको योगदानको उच्च प्रशंसा गर्नु भयो । कार्यक्रममा वोल्दै मन्त्री रेग्मीले उक्त सहकारी शीतभण्डारको कारण चितवनकै नमुना सहकारी बन्न पुगेको वताउँदै उहाले चितवनका कृषकहरुको उत्पादन बृद्धि र सुरक्षित भण्डारणको लागि उक्त सहरकारीले जोड दिनु पर्ने वताउनु भयो । सहरकारीको बृहत्तर विकासको लागि आफु सदैव प्रतिवद्ध रहेको उहाँको भनाई थियो ।
    कार्यक्रममा संविधानसभा सदस्य एवं नेपाली काँग्रेस चितवनका पुर्व सभापति रामकृष्ण घिमिरे, प्रदेश सांसद कृष्ण भुर्तेल, पुर्व सांसद एवं वरिष्ठ अधिवक्ता जगन्नाथ पौडेल, पुर्व सांसद विष्णुमायाँ परियार, सहकारीका निवर्तमान अध्यक्ष तिर्थराज रेग्मी, शेयर सदस्य एवं काँग्रेस नेता राजेश्वर खनाल, सहकारीका सस्थापक उपाध्यक्ष शालिग्राम शर्मालगायतले वोल्नु भएको थियो । कार्यक्रममा सहकारीका अध्यक्ष सुर्यमणि पौडेलले गतिविधि र आगामी योजनासहित सहकारी सस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।
    सो अवसरमा प्रमुख अतिथी नवनियुक्त मन्त्री रेग्मीलाई दोसल्ला ओढाएर वधाई एवं सम्मान व्यक्त गरिएको थियो । सहकारीका सचिव भानुभक्त कँडेलले संचालन गर्नु भएको कार्यक्रममा सहकारीका उपाध्यक्ष पुरुषोत्तम कमल ढकालले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt