किवानिज क्लव अफ नारायणीको ‘किवानिज वान डे‘ आदर्श गृहमा


सन्तोष देवकोटा
भरतपुर/बालबालिकाको सुरक्षा र संरक्षणको क्षेत्रमा क्रियाशिल सामाजिक सस्था किवानिज क्लव अफ नारायणीले भरतपुर ४ स्थित आदर्श गृहमा ‘किवानिज वान डे‘ कार्यक्रम गरेको छ । विश्वका ८१ मुलुकमा फैलिएको किवानिज क्लवले शनिबार अक्टोवर २३ का दिन किवानिज डे मनाउने निर्णय अनुरुप किवानिज क्लव अफ नारायणीले पनि असाहाय वालवालिकाहरु संरक्षित आदर्श गृहमा विविध कार्यक्रम गरि किवानिज डे मनाएको हो ।
सो अवसरमा गृहमा आश्रीत वालिकाहरुको एक छाक खानाको लागि ९ हजार रुपैया हस्तान्तरण गरिएको थियो भने प्रतियोगितात्म प्रश्न उत्तर कार्यक्रम गरि विजयीलाई पुरस्कार वितराण गरिएको थियो । किवानिज क्लव अफ नारायणीका सस्थापक अध्यक्ष वद्रीनाथ पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आदर्श गृह अन्तरगत आदर्श वाल क्लवकी अध्यक्ष प्रमिला भुजेल प्रमुख अतिथी रहनु भएको थियो ।


कार्यक्रममा किवानिज क्लवकी उपाध्यक्ष शोभा गौतमले क्लवको वारेमा जानकारी सहित स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा वोल्दै आदर्श गृहकी अध्यक्ष मिना खरेलले किवानीज क्लव जस्तो अन्तराष्ट्रिय सामाजिक सस्थासंग जोडिएर सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै कार्यक्रम गर्न आदर्श गृहलाई रोजेकोमा क्लवलाई धन्यवाद ज्ञापन गर्नु भयो । आदर्श गृह अनाथ आश्रम मात्रै नभएर महिला हिंसामा परेका महिला तथा वालवालिकाको न्याय र आश्रयको लागि स्थापित सस्था भएको वताउँदै आध्यक्ष खरेलले हिंसावाट प्रभावितहरुलाई शिप र शिक्षाको माध्यमवाट सुरक्षित तरिकाले सामान्य जिवनमा पु¥याउने सस्थाको मुख्य उदेश्य रहेको वताउनु भयो ।
कार्यक्रमा वोल्दै किवानिज क्लव अफ नारायणीका सस्थापक अध्यक्ष वद्रीनाथ पोखरेलले वालवालिकाहरुलाई कसरी सुरक्षित राख्ने भन्ने क्लवको मुख्य उदेश्य रहेको वताउँदै आगामी दिनमा पनि वालवालिकाको संरक्षणको लागि आदर्श गृहसंग सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । कार्यक्रममा क्लवका सचिव नविन निरौला, कोषाध्यक्ष राजु खड्का, सहकोषाध्यक्ष गिता शर्मा ढकाल, सदस्य निस्ता खाँड, जगन्नाथ शाह, राजेश भुजेल, जुलि भट्टलगायतको सहभागिता रहेको थियो । आदर्श गृहमा हाल २८ जना हिंसा प्रभावित वालिका आश्रीत छन् ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार