• मानव अधिकार र स्वतन्त्रताको माग गर्दै प्रदर्शन


    भरतपुर/मानव अधिकार तथा शान्ति समाज चितवन शाखाको आयोजनामा आइतबार भरतपुर स्थित चौविसकोठीमा प्रदर्शन गरेको छ ।
    रास्ट्रसंघ स्थापना दिवसमा अफगानिस्तानका नागरिकको मानव अधिकार र स्वतन्त्रता संरक्षणको लागि प्रभावकारी कदम चाल्न राष्ट्रसंघलाइ आग्रह गर्दै आधाघण्टा प्रदर्शन गरिएको मानव अधिकार तथा शान्ति समाज चितवन शाखाका सभापति सम्भु राउतले जानकारी दिनुभयो ।
    शाखा उप–सभापति बिन्दु खनालको सभापतित्वमा सम्पन्न प्रदर्शन कार्यक्रममा केन्द्रिय कोषाध्यक्ष जगन्नाथ पुडासैनी, पुर्ण चन्द्र चापागाईं, खेम राज अधिकारी, रितु न्यौपाने, तारा पौडेल, रबिन खतिवडालगायतको उपस्थिती रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt