• किरण अमरजंग गुरुङ माविमा नयाँ विद्यार्थीहरुको आकर्षण


    भरतपुर/पश्चिम चितवन स्थित भरतपुर महानगर पालिका वडा नं १९ मा किरण अमरजंग गुरुङ माध्यमिक विद्यालयमा पछिल्लो समय नयाँ विद्यार्थीहरुको भर्नाका लागि रोजाइको आकर्षण वनेको छ । बसाई स्थानान्तरणका कारणले होस वा सस्थागत विद्यालयवाट सरकारी विद्यालयमा भर्ना हुनका लागि किन नहोस् विद्यार्थीको प्राथमिकतामा उक्त विद्यालय परेको छ ।
    विद्यालयको व्यवस्थापकीय परिवर्तनका कारणले गर्दा विद्यार्थी र अभिभावकहरुको रुचिमा विद्यालय परेको स्थानीय अभिभावकहरु वताउँछन् । नयाँ विद्यार्थीहरुलाइ आकर्षणका लागि विद्यालयले निरन्तर रुपमा प्रभावकारी शिक्षण सिकाईका योजनावद्ध कार्यक्रमहरु ल्याइएको विद्यालयका प्रधानाध्यापक विनोद कुमार अधिकारी वताउनु भयो । विद्यालयले नयाँ भर्ना भएका विद्यार्थीहरुलाइ निशुल्क पोशाक वितरण कार्य लाई समेत निरन्तरता दिईदै आएको जनाइएको छ ।
    यि र यस्ता प्रभाबकारी योजनाका कारणहरुले गर्दा आइतबार पाँच जना विद्यार्थीहरु विद्यालयमा नयाँ भर्ना भएका विद्यालयका सहायक प्रधानाध्यापक योगमाया गुरुङले वताउनु भयो । नयाँ र पुराना विद्यार्थीहरुका समग्र पक्षको हितका लागि विद्यालय व्यावस्थापन समिति निरन्तर क्रियाशिल रहने विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष द्रोण वहादुर गुरुङले वताउनुभयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt