• महिलाहरुको स्तन तथा पाठेघरको मुखको क्यान्सर सम्वन्धि सचेतना कार्यक्रम


    सन्तोष देवकोटा
    भरतपुर/नेपाल अर्वुद रोग निवारण संस्था, चितवन शाखाको आयोजनामा बुधबार नारायणगढमा स्तन तथा पाठेघरको मुखको क्यान्सर सम्वन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । बालकुमारी कलेज, नारायणगढमा कक्ष ११ र १२ मा अध्ययनरत छात्राहरुलाई सहभागी गराई सो कार्यक्रम गरिएको हो ।
    नेपाल अर्वुद रोग निवारण संस्था चितवन शाखाका सभापति गोविन्द प्रसाद पौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बालकुमारी कलेज, नारायणगढका क्याम्पस प्रमुख जगदिश्वर खनाल प्रमुख अतिथी रहनु भएको थियो भने नेपाल अर्वुद रोग निवारण संस्थाका केन्द्रिय उपमहासचिव बद्रिनाथ पोखरेल, नेपाल अर्वुद रोग निवारण संस्थाका यसस्कर सदस्य बावुराम अधिकारी विशिष्ट अतिथि रहनु भएको थियो ।
    कार्यक्रममा बालकुमारी कलेज प्लस टु संयोजक प्रविना श्रेष्ठ, हंस वहुउद्देश्यीय सहकारी संस्थाकी सचिव एवम् नेपाल अर्वुद रोग निवारण संस्थाकी कार्यसमिति सदस्य शारदा शर्मा पौडेलले सहजकर्ताको रुपमा प्रशिक्षण दिनु भएको थियो । शाखाका सचिव कृष्णहरी तिमिल्सिनाले संचालन गर्नु भएको कार्यक्रममा संस्थाको तर्फवाट सह–कोषाध्यक्ष निस्ता खांड, सदस्य ऋतु गिरीलगायतको सहभागिता रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt