देवनगर दुग्ध उत्पादन सहकारीको सार्वजनिक सुनुवाई सम्पन्न


सन्तोष देवकोटा
भरतपुर/श्री देवनगर दुग्ध उत्पादक सहकारी सस्था लि.भरतपुर ६ को आयोजनामा शुक्रबार भरतपुरमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कुल एक करोड ७८ लाख रुपैयाँको लागतमा नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय नेपाल लाईभस्टक सेक्टर इनोभेसन विकेन्द्रिकृत आयोजना सहयोग इकाई हेटौडाको ५० प्रतिशत, लक्ष्मि वैंकवाट ३० प्रतिशत ऋण सहयोग र २० प्रतिशत सस्थाको लगानीमा सम्पन्न हुन गइरहेको आयोजनाले किसानको दुधलाई प्रशोधन, विविधिकरण एवं बजारीकरण गर्नको लागि सार्वजनिक सुनुवाई गरिएको हो । देवनगर दुग्ध उत्पादक सहकारी सस्था लि. का अध्यक्ष रत्नमणि न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर ६ का वडा अध्यक्ष हरिविलास कोइराला प्रमुख अतिथी रहनु भएको थियो ।
सहकारी सस्थाका व्यवस्थापक जनार्दन पौडेलले संचालन गर्नु भएको कार्यक्रममा कल्प दुग्ध उत्पादक सहकारी सस्था लि.का अध्यक्ष चन्द्रमणि पौडेल, लक्ष्मि वैंकका शाखा प्रमुख निरपेक्ष श्रेष्ठ, एनएलयसआईपीका प्रतिनिधि संगिता रावल, श्री गितानगर कल्पबृक्ष गरिवि निवारण तथा साना किसान कृषि सहकारी सस्था लि.का अध्यक्ष सुर्य प्रसाद न्यौपाने, नेपाली काँग्रेस भरतपुर ६ का सभापति प्रकाश अधिकारी, पशुसेवा कार्यालय केशरवागका प्रमुख युवराज पौडेल, नेपाल रेडक्रस सोसाईटी गितानगर उपशाखाका सभापति रुद्र अधिकारी, उज्जवल दुग्ध उत्पादक सहकारी सस्था लि.का अध्यक्ष होमनाथ सुवेदी, दक्षिणकाली वन उपभोत्ता समुहका कार्यवाहक अध्यक्ष हिरामणि गुरुङ, वरिष्ठ समाजसेवी रमेशचन्द्र अधिकारीलगायतले वोल्नु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार