• होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको शुभकामना आदानप्रदान एवं डायरी विमोचन


    सन्तोष देवकोटा
    भरतपुर/होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनको आयोजनामा शनिबार भरतपुरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । शुभदिपावली, छटलगायतका चाडपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा होटल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुके प्रमुख अतिथी रहनु भएको थियो ।
    सो अवसरमा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनद्धारा प्रकाशन गरिएको डायरीसमेत विमोचन गरिएको थियो । कार्यक्रममा विमाचन गरिएको डायरी प्रकाशनको सम्पुर्ण खर्च होटल व्यवसायी महासंघका सल्लाहकार एवं होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनका सल्लाहकार संयोजक दुर्गाप्रसाद गौतमले व्यहोर्नु भएको सो अवसरमा जानकारी गराईएको थियो ।
    कार्यक्रममा वोल्दै प्रमुख अतिथी चुकेले आर्थिक समृद्धिको लागि पर्यटन प्रवद्र्धन आवश्यक रहेको वताउनु भयो । पर्यटन प्रवद्र्धनमा होटल व्यवसायको भुमिका महत्वपुर्ण रहेको वताउँदै प्रमुख अतिथी चुकेले होटल व्यवसायीहरुलाई गुणस्तरीय सेवामा जोड दिन आग्रह गर्नु भयो । होटल व्यवसायलाई राज्यले हेर्ने दृष्टिकोण परिवर्तन हुनु आवश्यक रहेको वताउँदै चुकेले प्रहरी प्रशासनवाट हुने व्यवहार सच्चिनुपर्नेमा जोड दिनु भयो । व्यसायको हकहित र संरक्षणको लागि लढ्न व्यवसायीक एकता अत्यवश्यक रहेको उहाको भनाई थियो ।
    होटल व्यवसायी महासंघकी केन्द्रिय उपाध्यक्ष मिना गौतमले चाडपर्वको अवसरमा शुभकामना व्यक्त गर्दै होटल व्यवसायीका समस्या समाधानको लागि आफु प्रतिवद्ध रहेको वताउनु भयो । होटल व्यवसायी महासंघका सल्लाहकार एवं होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनका सल्लाहकार संयोजक दुर्गाप्रसाद गौतमले होटल व्यवसाय अपमानित हुनु परेको वताउँदै मर्यादित पेशाको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।


    संघका सल्लाहकार राजेन्द्र कुमार पियाले प्रहरी प्रशासनले राती १० वज्न नपाउँदै होटल वन्द गर्न लगाउने गरेको जानकारी दिँदै स्वास्थ्य मापदण्ड पालना गरि २४ सै घण्टा व्यवसाय संचालन गर्न पाउनु पर्ने वताउनु भयो । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनका सस्थापक अध्यक्ष दिपक ढकालले कोरोनाको कारण सवैभन्दा वढि होटल व्यवसाय प्रभावित भएको वताउँदै व्यवसाय प्रवद्र्धनको लागि राज्यले सहयोग गर्नुपर्ने वताउनु भयो ।


    होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनका वरिष्ठ उपाध्यक्ष दिपक पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रम संघका महासचिव प्रकाश त्रिपाठीले संचालन गर्नु भएको थियो । कार्यक्रम होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनका अध्यक्ष ज्योतिप्रसाद कँडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा उपस्थित सवैलाई धन्यवाद व्यक्त गर्दै अध्यक्ष कँडेलले आफु सदैव व्यवसायीको हकहितमा लागि पर्ने र व्यवसायीको हरेक सुखदुखमा साथ दिने वताउनु भयो । कार्यक्रममा होटल व्यवसायी महासंघकी केन्द्रिय सदस्य लक्ष्मि कार्की लगायत संघका सल्लाहकार, पदाधिकारी एवं सदस्यहरुको सहभागिता रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt