• रोटरी क्लवको रक्तदान सम्पन्न


    भरतपुर/रोटरी क्लब अफ भरतपुर र नारायणगढ बसपार्क टोल विकास समितिको संयुक्त आयोजनामा मंगलबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्लव अफ भरतपुरका अध्यक्ष राजेन्द्र कुमार पिया र नारायणगढ वसपार्क टोल विकास समिति एवं बस व्यवस्थापन समितिका अध्यक्ष सन्तोष श्रेष्ठको संयुक्त अध्यक्षतामा सम्पन्न कार्यक्रम गोविन्द प्रसाद पौडेलले संचालन गर्नु भएको थियो । कार्यक्रममा ६ जना महिलासहित ५४ जनाले रक्तदान गरेको रोटरी क्लव अफ भरतपुरका फेलोसिफ चियर एवं रक्तदान कार्यक्रम संयोजक बद्रीनाथ पोखरेलले जानकारी दिनुभयो । कार्यक्रम संयोजक पोखरेलले रक्तदान गरि कार्यक्रम समापन गरिएको थियो ।
    कार्यक्रममा रोटरी इन्टरनेशनल ३२९२ रिजन २९ नेपाल भुटानका डिष्ट्रिक एसिस्टेण्ड गभर्नर शरदगोपाल न्याच्छौं, अग्रज रक्तदाता एवं वालकुमारी कलेजका प्रिन्सिपल जगदिश्वर खनाल, रोटरी क्लव अफ भरतपुरका पुर्व अध्यक्ष डा. आई.पि. ढकाल, हरिप्रसाद सुवेदी, बद्री अधिकारी, नयनराज नेपाल, पुर्णचन्द्र सापकोटा, जिवन श्रेष्ठ, सुरेश बहादुर सेन, कृष्ण कुमार श्रेष्ठ, निर्वाचित अध्यक्ष भोला जोशी, मनोनित अध्यक्ष विवेक श्रेष्ठ, डाइरेक्टर शालिग्राम शर्मा, त्रिलोचन कँडेल, सचिव विमल क्षेत्री, नारायणगढ वसपार्क टोल विकास समिति एवं बस व्यवस्थापन समितिका अध्यक्ष सन्तोष श्रेष्ठ लगायत, कार्यक्रम संयोजक बद्रीनाथ पोखरेल, सहसंयोजक विक्रम श्रेष्ठ, रोट्याक्ट क्लव अफ भरतपुरका अध्यक्ष गोविन्द पराजुली, रोट्याक्ट क्लव अफ भरतपुर हाइटका अध्यक्ष किशोर रिजाललगायतको सहभागिता रहेको थियो । कार्यक्रममा क्लवका पुर्व अध्यक्ष कृष्ण कुमार श्रेष्ठले झोला स्पोन्सर गर्नु भएको थियो ।

     

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt