• होटल संघको स्थापना दिवसमा रक्तदान र दीप प्रज्वलन


    भरतपुर/होटल व्यवसायी संघ चितवनले आफ्नो स्थापना दिवस विविध कार्यक्रम गरि मनाएको छ । संघको २६ औं स्थापना दिवसको अवसरमा मंगलबार विहान लायन्सचोकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ भने साँझ संघको कार्यालय आँपटारीमा दीप प्रज्वलन गरिएको छ ।
    होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा होटल व्यवसायी महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुके प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी चुकेले कोरोनाको कारण होटल व्यवसाय प्रभावित भएको र यसको प्रवद्र्धनको लागि व्यवसायीक एकता आवश्यक रहेको वताउनु भयो ।
    पर्यटन विकास र आर्थिक समृद्धिको लागि होटल व्यवसायीको भूमिका महत्वपुर्ण रहेको वताउँदै प्रमुख अतिथी चुकेले कोरोनाले गर्दा थलिएको होटल व्यवसाय पछिल्लो समय विस्तारै उठ्न थालेको वताउनु भयो । होटल व्यवसायी संघ चितवनका सचिवालय सदस्य एवं रक्तदान कार्यक्रमका संयोजक राजकुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा रक्तदाताहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
    होटल व्यवसायी संघ चितवनका महासचिव गोपाल श्रेष्ठले संचालन गर्नु भएको कार्यक्रममा होटल व्यवसायी महासंघका उपाध्यक्ष इमान्दु वराल, चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेल, उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष सुमन कुमार श्रेष्ठलगायतले रक्तदनको महत्वसहित आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो ।
    रक्तदान कार्यक्रममा होटल व्यवसायी संघ चितवनका पुर्व अध्यक्ष तथा सल्लाहकार संयोजक कमल शर्मा गौतम, महासंघका पुर्व केन्द्रिय सदस्य एव संघका पुर्व अध्यक्ष श्रीराम गिरी, महासंघका केन्द्रिय सदस्य एवं संघका पुर्व अध्यक्ष डासिराम ढकाल, संघकी निवर्तमान अध्यक्ष शर्मिला न्यौपाने, संघका पदाधिकारी, सदस्य एवं विभिन्न इकाईका अध्यक्ष एवं सदस्यहरुको सहभागिता रहेको थियो ।


    यसैगरी साँझ भएको दीप प्रज्वलन कार्यक्रममा संघका सस्थापक अध्यक्ष जिवलाल सापकोटा प्रमुख अतिथी रहनु भएको थियो । महासचिव गोपाल श्रेष्ठले संचालन गर्नु भएको कार्यक्रममा उपाध्यक्ष केशव हड्खोलेले सस्थाको इतिहास सहित स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा संघका पुर्व अध्यक्ष डासिराम ढकाल, श्रीराम गिरी, पुर्व अध्यक्ष एवं सल्लाहकार संयोजक कमल शर्मा गौतम, निवर्तमान अध्यक्ष शर्मिला न्यौपाने, सल्लाहकार चन्द्रमणी भट्टराई, पुर्व सल्लाहकार आनन्द रन्जितलगायतले वोल्नु भएको थियो । कार्यक्रमका सभापति एवं सस्थाका अध्यक्ष दिल कुमार श्रेष्ठले कार्यक्रम समापन गर्नु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt