• चेपाङ वस्तीमा खाद्यान्न सहयोग


    भरतपुर/अष्ट्रियामा बस्दै आएकी माया लामा मुलरले राप्ती ११ र १२ का चेपाङ वस्तीमा खाद्यान्न सहयोग गरेकी छन् । ३ सय घरधुरीलाई एक–एक बोरा चामल सहयोग गरेकी छन् । करिब २० वर्षदेखि अष्ट्रियामा बस्दै आएकी मायाले जन्मदिन, वैवाहिक कार्यक्रम लगायतका उत्सवमा खाना बेचेर बचत भएको केही रकम सामाजिक काममा लगाउँदै आएकी छन् ।
    तिहार मनाउन नेपाल आएकी माया खाद्यान्न सहयोग गर्न श्रीमान एल्मर मुलरसँगै चेपाङ वस्ती पुगेकी थिइन् । लायन्स क्लब अफ चितवन सौराहा, लायन्स क्लब अफ चितवन ढाकाटोपी र हेल्प डेस्क खैरहनीले सहकार्य गरेका थिए । “६ महिना अनिकाल भोग्नुपर्ने सुनेपछि चेपाङ वस्तीमा सहयोग गर्न आएका हौं“, मायाले भनिन्, “कम्तिमा तिहारमा खाद्यान्न अभाव नहोस भनेर सहयोग गर्यौँ, आगामी दिन पनि सहयोग गर्नेछौं ।“
    लायन्स क्लवका जोन चियर पर्सन तथा सामाजिक अभियान्ता शीरलाल परियारले खाद्यान्न अभाव झेलेको वस्तीमा खाद्यान्न सहयोग गर्न पाउँदा खुशी लागेको बताए । “खाद्य संकटको अवस्था सुनेपछि केही दाता खोजेर सहयोग गर्यौँ“, उनले भने, “ विगतमा पनि विपन्नकै सहयोगमा थियौं, भविष्यमा पनि सहयोग गर्नेछौं । “ लाइन्स क्लव अफ चितवन सौराहाका अध्यक्ष विक्रम चौधरीले ग्रामीण क्षेत्रका विपन्न वस्तीमा निरन्तर सहयोग गरिने बताए । समाजसेवी शेरबहादुर परियारले चेपाङ वस्तीमा आयमुलक काममा प्रोत्साहन गर्ने कार्यक्रमहरुको खाँचो रहेको बताए । माया लामाले धन्यवाद नेपाल संस्था मार्फत अनाथ बालबालिका, विपन्न वस्तीमा सहयोग गर्दै आएकी छन् ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt