• सिटिजन लाईफ इन्स्योरेन्सको वार्षिकोत्सवमा अन्तरक्रिया र डस्विन हस्तान्तरण


    सन्तोष देवकोटा
    भरतपुर/जिवन वीमाको क्षेत्रमा स्थापित सस्था सिटजन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिकोत्सव बिहीबार भरतपुरमा विविध कार्यक्रम आयोजना गरि मनाईएको छ । सिटजन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड नारायणगढ शाखाको आयोजनामा भरतपुर ११ स्थित गणेशधाममा जीवन विमा सम्वन्धि अन्तरक्रिया एवं गणेशधामलाई डस्विन र स्यानीटाइजर हस्तान्तरण गरिएको हो । सो अवसरमा गणेशधामलाई १२ वटा डस्विन र दुई थान स्यानिटाइजर वक्स हस्तान्तरण गरिएको हो ।
    कार्यक्रममा सिटजन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड नारायणगढ शाखा प्रमुख गोकर्ण बहादुर कार्कीले जीवन विमाको महत्वको विषयमा प्रस्तुतिकरण गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथी वागमती प्रदेश सांसद एवं पुर्व मन्त्री विजय सुवेदीले गणशधाम संरक्षण सम्वद्र्धन समितिका अध्यक्ष दिनेश कुमार चुकेलाई सो हस्तान्तरण गर्नु भएको हो । सिटजन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड नारायणगढ शाखाका प्रमुख कार्कीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा वोल्दै प्रमुख अतिथी सुवेदीले पछिल्लो समय वीमाको आवश्यकता र महत्व वढ्दै गएको वताउनु भयो ।


    जीवन विमाले भविश्यको लागि वचतसंगै विमित र उसको परिवारको जोखिम कम गर्ने भएको हुँदा पछिल्लो समय जीवन विमा अनिवार्य आवश्यकता वन्न पुगेको वताउँदै आम मानिसहरुलाई वीमा गरि सुरक्षित जीवन विताउनु आग्रह गर्नु भयो । सोहि अवसरमा सुवेदीले भौतिक विकाससंगै सौन्दर्ययुक्त विकास जरुरी रहेको वताउँदै कार्यक्रममा हस्तान्तरण गरिएका डस्विन र स्यानीटाइजर वक्सले गणेशधामको सरसफाईमा योगदान पु¥याएको वताउनु भयो । कार्यक्रममा भरतपुर २ का वडा अध्यक्ष पुर्ण बहादुर श्रेष्ठले जीवन विमाले मानिसको जिवन रक्षा गर्ने भएको हुँदा विमाको महत्व वढ्दै गएको वताउनु भयो ।


    भरतपुर ११ का वडा अध्यक्ष वावुराम अधिकारीले गणेशधाम भरतपुर ११ को गौरवको आयोजना भएको वताउँदै यसको संरक्षण, सम्वद्र्धन र विकासमा सवैले ध्यान दिनु आवश्यक रहेको वताउनु भयो । सिटजन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका एजेन्सी म्यानेजर प्रेम अच्छामीले धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रम अर्का एजेन्सी म्यानेजर गोविन्द पौडेल र गणेशधामका महासचिव रविन्द्र वरालले संचालन गर्नु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt